न्यु त्रियुगा फत्तेपुरलाई हराउँदै नारदमुनि गोल्डकपमा सुनसरी सेमिफाइनल प्रवेश


सप्तकोसी / उदयपुरको चौदण्डीगढी नगरपालिका–४ बर्खेडाडामा जारी १० औं नारदमुनि थुलुङ स्मृति गोल्डकप फुटबल प्रतियोगितामा न्यु त्रियुगा स्पोर्ट्स क्लब फत्तेपुर लाई हराउँदै एभरेस्ट फुटबल क्ल्ब सुनसरी सेमिफाइनल प्रवेश गरेको छ।
शुक्रबार भएको अन्तिम क्वाटरफाइनल एभरेस्ट फुटबल कल्ब र न्यु त्रियुगा स्पोर्ट्स कल्ब फत्तेपुर बिच भएको खेलमा सुनसरीले पेनाल्टीमा एक गोल गर्दै १-० गोलान्तरले फत्तेपुरलाइ हराउँदै सुनसरी सेमिफाइनल प्रवेश गरेको छ। खेलशुरु भएको पहिलो हाफको निर्धारित समयमा गोलरहित बराबरीमा टुंगिएको खेलको दोसो हाफको मध्यान्हमा डिबक्स एरियामा फत्तेपुरको फल हुँदा सुनसरीले पनाल्टि पाइ ज न ९ का आशिष चापागाईंले पेनाल्टी मार्फत एक गोल गर्दै फत्तेपुरलाइ १-० गोल अन्तरले पराजित गर्दै सुनसरी विजयी भएको छ । खेलमा सुनसरीका आशिष चापागाईं म्यान अफ दी म्याच घोषित भएका थिए ।
भोलिको पहिलो सेमिफाइनल खेल सलहेस फुटबल क्लब सिराहा र बगमति फुटबल क्लब बीच हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा विजेता टिमले नगद ५ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । प्रतियोगिताको उपविजेताले २ लाख २५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ। प्रतियोगिताको म्यान अफ द म्याचलाई ५ हजार प्रदान गरिने क्लबका अध्यक्ष गौतम राईले जानकारी दिए ।
प्रतियोगिताका बेस्ट प्लेयर, बेस्ट मिडफिल्डर, वेस्ट किपर र उदीयमान खेलाडीसहित सात विधागत उपाधि विजेता खेलाडीलाई पनि जनही ५ हजार नगदसहित कप र मेडल प्रदान गरिने आयोजकले जनाएको छ ।

