उदयपुरको बसाहामा जारी नारदमुनि थुलुङ स्मृति गोल्डकपको उपाधि सिराहालाइ

सप्तकोसी / उदयपुरको चौदण्डीगढी नगरपालिका–४ बर्खेडाडामा जारी १० औं नारदमुनि थुलुङ स्मृति गोल्डकप फुटबल प्रतियोगिताको उपाधि सहलेश फुटबल कल्ब सिराहले जितेको छ। नारदमुनि थुलुङ स्मृति रंगशाला बर्खेडामा मंगलबार भएको झापा फुटबल कल्ब र सहलेश फुटबल कल्ब सिराह बिच भएको फाइनल खेलमा झापा लाइ २-१ गोलान्तरले हराउँदै सिराहले उपाधि जितेको हो।
खेलशुरु भएको पहिलो हाफको निर्धारित समयमा सिराहाको तर्फबाट जर्सि न १७ का मिलन राइले एक गोल गर्दै टिमलाइ १-० को अग्रता दिलाएका थिए भने डिबक्स एरियामा झापाको फल हुँदा सिराहाले पनाल्टि पाइ ज न १७ का मिलन राइले पेनाल्टी मार्फत एक गोल गर्दै झापा २-० गोल अन्तरले अगाडि रहेको थियो। मध्यान्तर पछिको समयलाई सदुपयोग गर्दै झापाका जर्सि न ११ का राजेश शाहाले कर्नर किकलाइ सदुपयोग गर्दै टिमको तर्फबाट एक सान्त्वना गोल गर्दै झापा १ गोल अन्तरले पराजय भएको छ।
प्रतियोगिताको फाइनल खेलमा उत्कृष्ट गोलकिपर सिराहाका जर्सि न १ बिशाल सुनार बेस्ट डिफेन्स झापाका जर्सि न १७ का सुमन मगर ,बेस्ट मिड्फिल्ड झापाका जर्सि न १४ का निकेश श्रेष्ठ सर्बाधिक गोलकर्ता सिराहाका जर्सि न १७ का मिलन राइ उत्कृष्ट खेलाडी सिराहाका जर्सि न १३ का अमन लामा र राइजिङ प्लेयर आयोजक कल्ब बसाहाका जर्सि रितेश तामाङ घोषित भएको आयोजकले जनाएको छ।
प्रतियोगितामा विजेता टिमलाइ नगद ५ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र र प्रतियोगिताको उपविजेतालाइ नगद रु २ लाख ५० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रतियोगिता समापन समारोहका प्रमुख अतिथि तथा कोशि प्रदेशका सामाजिक बिकास मन्त्री पाँचकर्ण राइ चौदन्ढि गढि नगरपालिकाका नगर प्रमुख कालुमान लामा लगायतले बितरण गरेको क्लबका अध्यक्ष गौतम राईले जानकारी दिए ।
