शिवप्रसाद आचार्य
सप्तकोसी /रुखको घास काटन रुख चड्दा लडेर सप्तरीको सप्तकोशी नगरपालिका ४ तुलसी चौक  एक जनाको बुधबार  मृत्यु भएको छ।

घास काट्न गएका स्थानीय ५५ वर्षीय दिर्घदल वस्नेतको रुखबाट  लडेर मृत्यु भएको हो।
विहानै घाँस काट्न जंगल गएका वस्नेत घर फर्किएर नआएपछि खोजतलास सुरु भएको थियो । खोजतलासका क्रममा स्थानीय वलार्दह सामुदायिक वन क्षेत्रमा घाईते अवस्थामा उनी फेला परेका थिए।
रुखबाट लडेर अन्तिम अवस्थामा फेला परेका वस्नेतलाई दिउँसो करिव १ बजे उपचारका लागि विराटनगर लैजाने क्रममा वाटैमा मृत्यु भएको जनाइएको छ। उनी विहान करिव १० बजे तिर नै रुखबाट लडेको हुन सक्ने स्थानीयको अनुमान छ ।
वस्नेतको बुधबारै स्थानीय त्रीयूगा नदिमा सामाजिक परम्परा अनुसार अन्त्य्ष्टी गरिएको छ। मृतक वस्नेतका श्रीमती ३ छोरी र १ छोरा छन्। एक छोरीको विवाह भईसकेको छ भने २ छोरी र १ छोरा अविवाहित छन् ।

Facebook Comments Box