सप्तकोसी/सप्तरीको सप्तकोसी नगरपालिका वडा १ फत्तेपुरमा संचालित ७ दिने उद्घोषण तालिम बिहिवार सम्पन्न भएको छ।
सप्तकोसी नगरपालिका वडा न १ को आयोजनामा संचालित ७ उद्घोषण तालिमको समापन कार्यक्रमका प्रमुख अतिथि तथा सप्तकोसी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद ढकालले एक कार्यक्रमका बिच समापन गरेका छ्न।                               तालिमको समापन कार्यक्रम बोल्दै नगर प्रमुख ढकालले सप्तकोसी नगरपालिकामा आउदो आर्थिक बर्ष भित्रै एफ एम रेडियो संचालनमा ल्याउन आवश्यक पहल गर्ने र स्थानीय संचार माध्यमलाइ आवश्यक  सहयोग गरि नगरपालिकालाइ सुचना र संचार मैत्री बनाउने र नगरपालिका भित्र रहेका संचार कर्मि र बिज्ञहरु संग सहकार्य गरेर उद्घोषण तालिम र पत्रकारिता तालिम संचालन गरि पालिका भित्रै युवा लक्षित कार्यक्रम संचालन गरि दक्ष जनशक्ति उत्पादन गरि नगरपालिका लाइ सूचना मैत्री बनाउने बताए ।

सप्तकोसी नगरपालिका वडा न १ ले आयोजना गरेको उद्घोषण तालिममा वडा नम्बर १ का ११ वटा टोलबिकास बाट २४ जनाको सहभागिता रहेको थियो। तालिममा मुख्य प्रशिक्षकको रुप जितेन्द्र न्यौपानेले ७ दिन सम्म सहजीकरण थिए। सप्तकोसी नगरपालिका वडा न १ का वडा अध्यक्ष रोहिणि प्रसाद पोखरेलको अध्यक्षता तथा सप्तकोसी नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न समापन कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरीका सचिब खगेन्द्र कार्की तालिमका प्रशिक्षक जितेन्द्र न्यौपाने तालिममा सहभागी प्रशिक्षार्थि संगीता बिष्ट लगायतले शुभकामना मन्तव्य राखेका थिए।

Facebook Comments Box