प्रेस चौतारी नेपाल, सप्तरीको अध्यक्षमा डम्बर राई चयन

उत्सव आचार्य
कञ्चनरूप/ प्रेस चौतारी नेपाल सप्तरी शाखाको राजबिराजमा सम्पन्न आठौं जिल्ला अधिवेशनबाट डम्बर राइ सर्वसहमत अध्यक्षमा चयन भएका छ्न। प्रेस चौतारी नेपालको शनिबार सम्पन्न जिल्लाअधिवेशनले डम्बर राईको अध्यक्षतामा ११ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ ।जिल्ला कार्यसमितिको उपाध्यक्षमा शिव प्रसाद आचार्य , महिला उपाध्यक्षमा नानीमैया कटुवाल निर्वाचित भएकि छन । कमिटीको सचिवमा कृष्ण मण्डल धानुक, सह-सचिवमा उत्सव आचार्य ,नविन कुमार यादव र कोषाध्यक्षमा भुपदेव माली चयन भएका छन ।
समितिको सदस्यहरुमा कमल कुमार मण्डल , मनोज मेहता , अनिता चौधरी र रवि शर्मा चयन भएका छ्न । नव गठित प्रेस चौतारी नेपाल सप्तरी शाखाका पदाधिकारीहरुलाइ प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य तथा सप्तरी इन्चार्ज खगेन्द्र कार्कीले पद तथा गोपनियताको सफत ग्रहण गराएका थिए ।
नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा सप्तरी जिल्ला इन्चार्ज सुमनराज प्याकुरेलको प्रमुख आतिथ्य तथा नेकपा एमालेका केन्द्रीय सदस्य तथा मधेस प्रदेश सरकारका गृह सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीको विशिष्ट आतिथ्यमा सम्पन्न अधिवेशनमा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा सप्तरी जिल्ला इन्चार्ज खगेन्द्र कार्की , नेकपा एमाले सप्तरी जिल्ला सचिव देवनाथ यादव, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण देव ,नेपाला पत्रकार महासंघ मधेस प्रदेश उपाध्यक्ष अम्बिका दहाल,जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडा, प्रेस चौतारी नेपालका पूर्व उपाध्यक्ष मनोहर कुमार पोखरेल, प्रेस युनियन सप्तरीका अध्यक्ष बिनयलाल कर्ण,समाजबादि प्रेस संगठनका केन्द्रिय सदस्य नर्मदेब यादब,सप्तकोसी नगरपालिका वडा न २का वडा अध्यक्ष जाहिर हुसेन लगायतको उपस्थिति रहेको थियो। प्रेस चौतारीको आठौं जिल्ला अधिबेशनको अबसरमा गत मङ्सिर २८ गते सम्पन्न नेपाल पत्रकार महासंघ सप्तरीको निर्वाचन बाट निर्बाचित कार्य समितिका पदाधिकारी र नेपाल पत्रकार महासंघ मधेस प्रदेश उपाध्यक्षमा निर्बाचित अम्बिका दहाललाइ सम्मान पत्र सहित दोसल्ल ओढाएर सम्मान गरिएको थियो।