सप्तकोसी /सप्तरीको शम्भुनाथ नगरपालिकामा सोमबार आयोजित बृहत पार्टी प्रवेश तथा जनसभा कार्यक्रममा जसपा पार्टी  सहित विभिन्न पार्टी परित्याग गरि सयौं नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका छ्न।

नेकपा एमाले जिल्ला सप्तरी कमिटी अध्यक्ष ताराकान्त चौधरीको अध्यक्षतामा तथा नेकपा एमाले महासचिब शकंर पोखरेलको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा नेकपा एमाले पोलिटब्युरो सदस्य तथा सप्तरी इन्चार्ज सुमनराज प्याकुरेल नेकपा एमाले केन्द्रीय सदस्य तथा मधेश प्रदेश सरकारका गृह,सञ्चार तथा कानुन मन्त्री मा.राजकुमार लेखी,नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद सदस्य सत्यनारायण मण्डल,केन्द्रिय सदस्य सरिता गिरि,दिवाकर देबकोटा लगायतका शिर्ष नेताहरुको उपस्थितिमा भएको पार्टी प्रवेश कार्यक्रममा जसपाका केन्द्रीय सदस्य तथा राजनीति समिति सदस्य एवं मधेस प्रदेशका सह इन्चार्ज बिनोद कुमार चौधरीको नेतृत्वमा शम्भुनाथ नगर समिति अध्यक्ष सरोज चौधरी , वडा नम्बर १ देखि १२ सम्मको पुरै नगर र वडा समितिको पदाधिकारी सहित सयौं जसपा नेपाल परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका हुन ।
कन्चनरुप ११ का वडा अध्यक्षका प्रत्यासि उम्मेदवार दिपक चौधरीको नेतृत्वमा ५० जना नेपालि काङ्ग्रेस परित्याग गरि एमालेमा प्रवेश गरे ।माओवादी केन्द्रका केन्द्रिय निर्वाचन आयोग, मधेस प्रदेश निर्वाचन समितिका अबिनास प्रसाद सिंहको नेतृत्व ६५ जना माओवादी केन्द्र परित्याग गरि एमालेमा प्रवेश गरे । लोसपा परित्याग गरि खेदनारायण रामको नेतृत्वमा १५ जना , जनमत पार्टी परित्याग गरि मो ताहिरको नेतृत्वमा २५ जना परित्याग गरि नेकपा एमाले को सुखी नेपाली समृद्द नेपालको अभियान मा जोडिएका छ्न।

      विभिन्न दल परित्यागगरि नेकपा एमाले प्रवेश गरेका नेता तथा कार्यकर्ता लाइ प्रमुख अतिथि तथा एमाले महासचिव शंकर पोखरेल पोलिटब्युरो सदस्य सुमनराज प्याकुरेल केन्द्रिय राजकुमार लेखिले टिका खादा लगाएर स्वागत गरेका छन।
नेकपा एमाले शम्भुनाथ नगरकमिटिले आयोजना गरेको बृहत पार्टी प्रवेश तथा जन शभा कार्यक्रममा नव प्रबेसिहरुलाइ स्वागत गर्दै महासचिव शंकर पोखरेलले नेकपा एमाले पछाडि परेका श्रमिक, किसान ,युवा विद्यार्थी लगायत बर्गको पक्षमा रहेको पार्टी भएकाले मधेस र सप्तरीको समग्र बिकासमा एमालेको बिकल्प नरहेको बताएका छ्न।
नेकपा एमाले अब कुनै दलका नेता संग टाउको जोडेर एकता गर्ने पक्षमा नरहि जनता र कार्यकर्ताको भावना संग जोडिदै जनतामा जाने, जनचेतना अभिवृद्धि गर्ने, पार्टीलाई नयाँ ढंगले विस्तार गर्दै सुदृढ बनाउने अभियानमा लागेको बताए । पार्टीले संचालन गरेको वडा केन्द्रित र जरा केन्द्रित अभियान पार्टीको लागि मात्र न भै देशकै लागि आवश्यक रहेको बताए उत्पीडित वर्ग, जाति, क्षेत्र, समुदायका साथै मधेशी जनताका लागि झन् बढी जरुरी रहेको बताए ।पार्टीले बामपन्थि एकताको नाममा माओबादी पार्टी संग एकता गरेर गल्ति गरेको बताउदै अब तेस्तो गल्ती नदोहोर्‍याउने बताए।

 

 

Facebook Comments Box