सप्तकोसीमा पाठेघरको मुखको क्यान्सर बिरुद्दको एच पि भि खोप अभियान शुरु

सप्तकोसी /सप्तरीको सप्तकोसी नगरपालिकामा पाठेघरको मुखको क्यान्सर बिरुद्दको एच पि भि खोप अभियान बिहिवार देखि शुरु भएको छ।
सप्तकोसी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा संचालित पाठेघरको मुखको क्यान्सर विरुद्धको एच पि भि खोप अभियान सप्तकोसी नगरपालिका वडा न १ बाट शुरु गरिएको छ।
पहिलो चरणको खोप अभियान सप्तकोसी नगरपालिका मा रहेका सामुदायिक र सस्थागत बिधालयमा अध्यनरत कक्षा ६ देखि कक्षा १० सम्मकाका विद्यार्थी लाइ लगाइने सप्तकोसी नगरपालिका स्वास्थ्य शाखा प्रमुख महेश चौधरीले जानकारी दिए।एच पि भि खोप बिशेशत ९ देखि १४ बर्ष उमेर समुह का किशोरीहरुलाइ लगाइने भएको छ।
पाठेघरको मुखको क्यान्सरलाइ रोकथाम गर्ने उदेश्यले संचालित एच पि भि खोप अभियान सप्तकोसी नगरपालिकाका सामुदायिक र सस्थागत गरि १८ वटा बिधालय र २ स्वास्थ्य चौकिमा खोप केन्द्र राखि अभियान शुरु गरिएको प्रमुख चौधरीले जानकारी दिए। एच पि भि खोप सप्तकोसी नगरपालिकाका १ हजार १ सय ७५ जना किशोरीहरुलाइ लगाइने शाखा प्रमुख चौधरीले बताए।
फाल्गुन १ गते वडा न १ बाट शुरु गरिएको खोप अभियान बिधालयमा रहेको खोप केन्द्र बाट खोप लगाउन छुट भएका किशोरीहरुलाइ स्वास्थ्य चौकि फत्तेपुर र स्वास्थ्य चौकि ओद्राहामा फाल्गुन ६ गते सम्म लगाइने भएको छ।
