सप्तकोसी /नेपाल आदिवासी जनजाति पत्रकार महाससंघ (फोनिज) सप्तरीको पाँचौँ जिल्ला अधिवेशनबाट जिल्ला अध्यक्षमा कृष्ण कुमार मन्डल चयन भएका छन।
सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिकामा शनिबार सम्पन नेपाल आदिवासी जनजाति पत्रकार महाससंघ (फोनिज) सप्तरीको पाँचौँ जिल्लाअधिवेशनले कृष्ण कुमार मण्डल धानुकको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्य समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा रामप्रसाद चौधरी थारु, सचिवमा रामनाथ चौधरी थारु, सह–सचिवमा कमल प्रसाद मण्डल धानुक कोषाध्यक्षमा जयन्ती सिंह दनुवार चयन भएका छन ।
समितिको सदस्यहरूमा भद्र कुमारी लामा तामाङ, चन्द्र बहादुर तामाङ, पूर्ण मगर, करुणा राई, रामसेवक मण्डल धानुक, मिलन लेखी थारु, दिपक सिंह दनुवार र सरोज राना मगर रहेका छन् ।
जिल्ला अधिवेशनले डम्बर राइ लाइ केन्द्रिय प्रतिनिधि र प्रिया सिंह थारु, बृजमान तामाङ र जितेन्द्र कुमार चौधरीलाई प्रदेश प्रतिनिधि चयन गरेको छ ।

Facebook Comments Box