सप्तकोसी / सप्तरीको सप्तकोसी नगरपालिकामा ७५ औं राष्ट्रिय प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरि बुधबार मनाइएको छ।
सप्तकोसी नगरपालिकाले आयोजना गरेको प्रजातन्त्र दिवस को अवसर नगरपालिका का विभिन्न विद्यालय का विद्यार्थी, धार्मिक तथा जातिय झाकी सहित गोवर्धन बैरागी जनता मावि बाट निस्केको र्याली ले नगर परिक्रमा गरी सहिद रंगशाला मा कोण सभा को आयोजना गरेको थियो। कोण सभालाई सम्बोधन गर्दै कार्यक्रम का प्रमुख अतिथि मधेश प्रदेश सरकार का गृह,सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले राष्ट्रको उन्नति ,लोकतन्त्र,गणतन्त्र,संघीयता ,धर्म निरपेक्षता, विभिन्न आन्दोलन का लागि आफ्नो ज्यानको बाजी दिने सहिदहरुको कारण यो देशमा १०४ बर्षिय जहानिया राणा शासनको अन्त भएर मुलुकमा आजकै दिन प्रजातन्त्रको स्थापना भएको बताए ।
कार्यक्रम मा बोल्दै कार्यक्रमका अध्यक्ष तथा सप्तकोसी नगरपालिका का नगर प्रमुख कृष्ण प्रसाद ढकाल ले प्रजातन्त्र को स्थापना पछि राष्ट्र मा विकासले गति लिएको बताए।
सप्तकोसी नगरपालिका १ स्थित शहीद स्मृति रंगशाला मा सम्पन्न कोण सभामा सप्तकोसी नगरपालिकाका वडा अध्यक्ष,विभिन्न सहकारी का प्रतिनिधि,विद्यालय का विद्यार्थी तथा शिक्षक,जनजाति संगठनको झाकि क्लव,समुह,लगायत को सहभागिता रहेको थियो। कार्यक्रम मा मुस्लिम,नेवा,तामाङ,मगर, थारु लगायत समुदायले आफ्ना भेष भुषा सहितको झाँकी प्रस्तुत गरेका थिए।प्रजातन्त्र दिवसको अबसर पारेर नगरपालिकाले आयोजना गरेको महिला कर्मचारी र महिला जनप्रतिधी बीच डोरी तान्ने प्रतियोगितामा महिला जनप्रतिनिधिले जित हासिल गरेका थिए भने पुरुष तर्फ पुरुष जनप्रतिनिधि र पुरुष कर्मचारी बीच भएको फुटबल प्रतियोगितामा कर्मचारीले जनप्रतिनिधिलाई २-० को गोलअन्तरले पराजित गर्दै जीत हासिल गरेको थियो।

 

Facebook Comments Box