सप्तकोसी /सप्तरीको सप्तकोशी नगरपालिका ४ बलार्दहमा माइन्जन जेवार प्रथाजनित अभ्यास सम्बन्धित अन्तरक्रिया’ कार्यक्रम बिहिवार सम्पन्न भएको छ ।
आदिवासी जनजाति अनुसन्धान बिकाश केन्द्र ( सिप्रेड) नेपालले आयोजना गरेको कार्यक्रम मा आदिवासी जनजातीहरुमा रहेको माइन्जन जेवार प्रथा लगायत भाषा ,धर्म सस्कृतिको संरक्षण तथा स्थानीय तहमा कानुन निर्माण लगायतका बिषयमा छलफल तथा अन्तरक्रिया गर्दै सम्पन्न भएको छ।

आदिवासी जनजाति अनुसन्धान बिकाश केन्द्र ( सिप्रेड) नेपालका अध्यक्ष डा. पासाङ्ग शेर्पा को अध्यक्षता तथा मधेश प्रदेश सरकारका गृह संचार तथा कानुन मन्त्री राजकुमार लेखीको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा बोल्दै मन्त्री लेखीले आदिवासी जनजातिको प्रथाजनित अभ्यासहरु समाजको हितका लागि भएकाले यसलाई संस्थागत गर्न तिनै तहका सरकारको ध्यान जानू आवश्यक रहेको बताए ।लोप हुँदै गएको भाषा सस्कृतिको संरक्षणमा स्थानीय सरकार गम्भीर भएर लाग्नु पर्ने बताए ।सिप्रेडले आदिवासी जनजातिको प्रथाजन्य कानुनको मान्यता जैविक बिबिधताको सन्दर्भ मा सस्थाले गरेको कामको प्रसंसा गर्दै आदिवासी जनजातीहरुको आफ्नो पहिचान झल्काउने आफ्नो रितिरिवाज भाषा सस्कृतिको संरक्षण लाग्नु पर्नेमा जोड दिए। समाजमा एकता कायम दिगो बिकासका योजना सञ्चालन गर्न तथा जलवायु परिवर्तनसम्बन्धी समस्या समाधानका लागि आदिवासी समुदायलेे अभ्यासमा ल्याएका ऐन कानुन निर्माणमा जोड दिनु पर्ने बताए ।

कार्यक्रमका अध्यक्ष डा.पासाङ्ग शेर्पाले कार्यक्रमको बिषयमा प्रकाश पारेको अन्तक्रिर्या कार्यक्रममा सप्तकोशी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद ढकाल उपप्रमुख रिताकुमारि चौधरी बेलका नगरपालिकाका उपप्रमुख जिरा राइ सप्तकोसी नगरपालिका वडा न १ का वडाका अध्यक्ष रोहिणि प्रसाद पोखरेल वडा न २ का वडा अध्यक्ष जाहिर हुसेन वडा न ३ का वडा अध्यक्ष देबकान्त गोजेवार वडा न ८ का वडा अध्यक्ष केदार शाह त्रियुगा सहकारीका अध्यक्ष चन्द्र शेखर चौधरी थारु संस्कृती संघ नेपालका अध्यक्ष गयानन चौधरी लगायतले मन्तव्य राखेका थिए ।

थारु समुदायले ऐतिहासिक कालखण्डदेखि समाज व्यवस्थापन र संचालनको लागि अभ्यासमा ल्याएको माइन्जन, जेवार, थानपति जस्ता प्रथाहरु लोप हुँदै गएको बताईन्छ । सोहीलाई मध्यनजर गर्दै संस्थाले त्यस्ता प्रथाजनित अभ्यासहरुलाई पुन:स्थापित गर्न थारु समुदायमा अध्यन अनुसन्धानको कार्यक्रम संचालन गर्दै आइरहेको छ।

Facebook Comments Box