सप्तकोसी ८मा रहेको नर्वदेश्वर महादेव मन्दिर १०० बर्ष पुरा, मनाइयो सताब्दी


सप्तकोसी /सप्तरीको सप्तकोसी नगरपालिका वडा नं ८ ओद्राहामा रहेको नर्वदेश्वर महादेव मन्दिर स्थापना को एक सय वर्ष पुरा भएको अवसर मा महा शिवरात्रिको दिन बुधबार विभिन्न कार्यक्रम गरी सताब्दी वर्ष मनाइएको छ।
देशमा राणा शासन को जगजगी रहेको बेला समाजसेवि नन्दमाय तिवारी ले १९८० सालामा नर्मदेश्वर मन्दिर ,हालको नन्द उमा मा वि स्कूल , एक पोखरी,इनार को स्थापना गरेकी थिईन्।
नर्वदेश्वर महादेवको मन्दिर एकसय वर्ष पुगेको अवसरमा सिबरात्रिको दिन पारेर विभिन्न कार्यक्रम गरि सताब्दी मनाइएको छ। मन्दिर बाट सुरु गरिएको र्याली ले नगर परिक्रमा गरिएको थियो।
नरबदेश्वर गुठीका अध्यक्ष महेश लुइँटेल को अध्यक्षता तथा सप्तकोसी नगरपालिका नगर प्रमुख कृष्ण प्रसाद ढकालको प्रमुख आतिथ्यता मा सम्पन्न भएको छ। कार्यक्रममा बोल्दै नगरप्रमुख ढकालले नन्दामाया तिवारीले त्यस समय मा स्थापना गरेका मन्दिर तथा विद्यालय ले यस क्षेत्रमा शिक्षाको दियो उजागर गरेको बताए।
कार्यक्रम मा बोल्दै सप्तकोसी नगरपालिका वडा नं ८ का वडा अध्यक्ष केदार प्रसाद साह ले त्यस समय मा नन्दामाया तिवारीले शिखा क्षेत्रमा पुर्याएको योगदान को कदर गर्दै नगरका सरकारी कार्यालय मा उनको फोटो राख्नु पर्ने बताए। कार्यक्रम मा सप्तकोसी नगरपालिका की नगर उप प्रमुख रिता चौधरी,वडा न १ का वडा अध्यक्ष हरु रोहिणी पोखरेल,देबाकान्त गोजेवार ,जयराम खंग, नन्दिलाल चौधरी,जितन चौधरी,हरिलाल साह ,विभिन्न पार्टी का प्रतिनिधि लगाएतको उपस्थिति रहेको थियो ।
नर्मदेश्वर मन्दिरको स्थापना भएको १०० बर्ष पुरा भएको अबसरमा मनाइएको सताब्दी संगै महा शिवरात्रि को अवसर मा नर्मदेस्वर मन्दिर संगै सप्तकोसी नगरपालिका का विभिन्न शिवालयहरुमा भक्तजनको घुइँचो लागेको थियो।



