सप्तकोसी ८ मा वडा अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु

सप्तकोसी /सप्तरीको सप्तकोसी नगरपालिका वडा नं ८ मा बिहीबार देखि ५ औं वडा अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु भएको छ।
सप्तकोसी नगरपालिका वडा नं ८ को सहयोग तथा प्रोगेसिभ युवा क्लव ओद्राहा को आयोजना मा संचालित प्रतियोगिता मा उदयपुर र सप्तरी का ८ ओटा टिमहरुको सहभागिता रहेको छ।
प्रतियोगिताको उद्घाटन क्लव का अध्यक्ष नबनित चौधरीको अध्यक्षतामा तथा सप्तकोसी नगरपालिका वडा नं ८ का वडा अध्यक्ष केदार प्रसाद साह को प्रमुख आतिथ्य मा खेलको उदघाटन गरिएको थियो। सप्तकोसी नगरपालिका का वडा अध्यक्षहरु,कार्यपालिका सदस्य,विभिन्न संग संस्था का पदाधिकारीको सहभागिता रहेको थियो । फाइनल खेल फागुन २२ गते सम्पन्न हुने आयोजक ले जनाएका छन्।

Facebook Comments Box