सप्तकोसी /सप्तरीको सप्तकोसी नगरपलिका–१ फतेपुर खोरिया टोलमा छिरेको बाघले आक्रमण गर्दा ३ जना घाइते भएका छ्न।
सोमबार बिहान बाघ गाउँमा बस्तीमा पसि बाघको आक्रमणमा परि सप्तकोसी नगरपालिका वडा न १ खोरिया टोल घर भएका स्थानीय गणेश खत्रीलाइ घर नजिकै आक्रमण गरि घाइते भएका छ्न। बाघको आक्रमणमा परि सप्तकोसी १ फत्तेपुरका कृष्ण विष्ट र रिजन गोसाई घाइते भएको प्रहरीले जनाएको छ ।बाघको आक्रमणमा परि घाइते भएका खत्री र गोसाइ लाइ स्थानीय फत्तेपुर पोलिक्लिनिक मा उपचार भैरहेको र थप उपचारको लागि कृष्ण बिष्टलाइ बिराटनगर लगिएको प्रहरीले जनाएको छ।

बस्तीमा पसेको बाघलाइ नियन्त्रणमा लिनको लागि कोसी टप्पु वन्यजन्तु आरक्ष र राष्ट्रिय प्रकृति संरक्षण कोष कोशी संरक्षण केन्द्र बाट आएको टोलिले नियन्त्रणको प्रयास भइरहेको प्रहरी चौकि फत्तेपुरका इन्चार्ज पन्नलाल चौधरीले जानकारी दिए।बाघ बस्ती पसेर सप्तकोसी नगरपालिका १ रक्तमाला टोल मा केरा घारिमा बसेको छ।
एक्कासि बाघ कहाँ बाट बस्तिमा प्रवेश गर्यो भनेर स्थानीय त्रसित  भएको स्थानीय भानुभक्त भट्टराईले बताए ।
बस्ती पसेको बाघलाई नियन्त्रणको लागि प्रहरी ,सशस्त्र प्रहरी नेपाल आर्मीको र कोसी टप्पु वन्यजन्तु आरक्षको टोलिको बाक्लो उपस्थिति रहेको छ।बिहान बाघ गाउँमा बस्तीमा पसेको थाहा पाए पछि गाउँ आतंकित बनेको छ।

Facebook Comments Box