फत्तेपुरको बस्तीमा छिरेको बाघ नियन्त्रणमा,घाइते को संख्या ५ पुग्यो

सप्तकोसी /सप्तरीको सप्तकोसी नगरपलिका १ फतेपुर खोरिया टोल बस्तीमा बिहान छिरेको बाघ साझ मात्र नियन्त्रणमा लिइएको छ बाघको आक्रमणमा परि घाइते हुनेको संख्या ५ पुगेको छ।
सोमबार बिहान करिब साढे ६ बजेतिर फत्तेपुरको रक्तमाला टोल बस्तिमा छिरेको बाघ साझ ६ बजे मात्र पुर्णरुपा नियन्त्रणमा लिइएको छ।स्थानीय रक्तमाला मन्दिर छिर्ने गेट नजिक देखा परेको बाघ स्थानीय ३ जनालाई आक्रमण गरि घाइते बनाएर बस्ति भित्रै ठाउ सर्दै बस्दै आएको बाघ पछिलो समय स्थानीय पर्शुराम खड्काको गाइ गोठमा बसेको बाघलाइ स्थानीयहरुले जालमा पारेर समाउन खोज्दा स्थानीय २ जनालाइ आक्रमण गरि उम्किएर भागि छिमेकी भरत विष्टको घरको प्यासेजमा पसेको बाघलाई स्थानीय र प्रहरीले घरको प्यासेजको ढोका लाइ थुनि राखेका थिए।
स्थानीय र प्रहरीले घरमा थुनेर राखेको बाघलाई नियन्त्रणका लागि खटिएको कोसी टप्पु वन्यजन्तु आरक्ष र राष्ट्रिय प्रकृति संरक्षण कोष कोशी संरक्षण केन्द्र बाट आएको टोलिले बाघलाइ लट्याउने सुइ हानि नियन्त्रणमा लिएर पर्सा बन्यजन्तु आरक्षण मा पठाइएको राष्ट्रिय प्रकृति संरक्षण कोष कोशी संरक्षण केन्द्रका प्रमुख बिरेन्द्र गौतमले जानकारी दिए।
बाघको आक्रमणमा परि सप्तकोसी नगरपालिका वडा न १ रक्तमाला टोल घर भएका स्थानीय रिजन गोसाइ लाइ आक्रमण गरेको बाघले तेहि नजिकै घर भएका स्थानीय गणेश खत्रीलाइ घर नजिकै आक्रमण गरि घाइते बनाएको बाघले खत्रीको घर नजिकै बाटोमा स्थानीय कृष्ण बिष्टलाइ आक्रमण गरि घाइते बनाएको प्रहरी ले जनाएको छ। बाघको आक्रमणमा परि घाइते भएका खत्री लाइ स्थानीय फत्तेपुर पोलिक्लिनिक मा उपचार गरिएको थियो भने गोसाइलाइ फत्तेपुर स्वास्थ्य चौकिमा उपचार गरि दुबैजना घर फर्किएका छ्न भने घाइते भएका कृष्ण बिष्टलाइ उपचारको लागि इटहरी स्थित आर्मि हस्पिटलमा उपचार भइरहेको पारिवारिक स्रोतले बताएको छ।
पर्शुराम खडकाको गोठमा बसेको बाघलाइ जालोमा थापेर नियन्त्रणमा लिने क्रममा बाघले आक्रमण गरि थप २ जना घाइते भएका छ्न घाइते हुनेहरुमा सप्तकोसी नगरपालिका १ कल्याणकारि टोल बस्ने कान्छा भनेर चिनिने मिनबहादुर राइ र उदयपुरको बेलका नगरपालिका १ का गोपाल बिक घाइते भएका छ्न।
घाइते भएका दुबै जनालाई स्वास्थ्य चौकि फत्तेपुरमा प्राथमिक उपचार पछि थप उपचारको लागि नोबेल हस्पिटल बिराटनगर लगिएको प्रहरी चौकि फत्तेपुरका प्रमुख पन्नलाल चौधरीले जानकारी दिए।