सप्तकोसी/सप्तरीको सप्तकोसी नगरपालिका वडा नं १ फत्तेपुरमा आइतबार देखि प्रथम वडा अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु भएको छ।
सप्तकोसी नगरपालिका वडा नं १ को सहयोगमा न्यु त्रियुगा स्पोर्ट्स क्लब फत्तेपुर द्वारा संचालित प्रतियोगिताको उद्घाटन सप्तकोसी नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद ढकालले गरेका छ्न।
प्रतियोगिताको आइतबार भएको उद्घाटन खेलमा उदयपुरको बेल्टार फुटबल क्ल्बलाइ १-० गोलअन्तरले हराउँदै प्रोगेसिभ युवा क्लव ओद्राहा क्वाटर फाइनलमा प्रवेश गरेको छ।
उद्घाटन खेलमा पहिलो हाल्फमा दुबै टिम गोलरहित भएको खेलमा दोस्रो हाल्फको ८ औं मिनेटमा प्रोग्रेसिभ युवा क्ल्ब ओद्राहाका जर्सि न १४ का पुस्पराज चौधरी १ गोल गरि टिमलाई १-० को अग्रता दिलाए निर्धारित समयमा बेल्टारको तर्फबाट कुनै गोल हुन नसके पछि तेहि १ गोल निर्णायक बन्दै प्रोग्रेसिभले जित निकालेको छ ।प्रतियोगिताको भोलि हुने दोस्रो खेल गाइघाट युनाइटेड उदयपुर र रिभरसाइड फुटबल क्ल्ब सप्तरी बिच हुने आयोजकले जनाएको छ ।
सहिद स्मृति रंगशाला फत्तेपुरमा संचालित वडा अध्यक्ष कप फुटबल प्रतियोगितामा प्रोग्रेसिभ युथ क्लब ओद्राह , बेल्टार युनाइटेड फुटबल क्ल्ब बेल्टार ,अजम्बरि युवा क्ल्ब उदयपुर ,महुली फुटबल क्लब सप्तरी गाइघाट युनाइटेड क्ल्ब उदयपुर, रिभरसाइड फुटबल क्ल्ब सप्तरी , गोर्खा एकेडेमी उदयपुर र आयोजक न्यु त्रियुगा स्पोर्ट्स क्ल्ब फत्तेपुर गरि उदयपुर र सप्तरीका ८ वटा टिमहरुले सहभागिता जनाएको न्यु त्रियुगा स्पोर्ट्स क्ल्बका अध्यक्ष अजय श्रेष्ठले जानकारि दिए।

Facebook Comments Box