सप्तकोसी / प्रेस चौतारी नेपाल मधेस प्रदेशको दोस्रो अधिवेशन लालबाबु शेखको अध्यक्षतामा २९ सदस्यीय कार्यसमिति चयन गर्दै सोमबार सम्पन्न भएको छ ।

प्रेस चौतारीको नेपालको दोस्रो अधिबेशनबाट कार्य समितिको उपाध्यक्षमा गौतम श्रेष्ठ, महिला उपाध्यक्षमा भवानी सुवेदी, महासचिवमा दिवाकर भण्डारी र कोषाध्यक्षमा जितेन्द्र शाह चयन भएका छन् ।
यसैगरी सचिवहरूमा ग्यासु मिया देवान, जीवनारायण झा, अनिरुद्र ठाकुर, राकेश यादव, धनवीर महतो र श्याम कुशवाहा चयन भएका छन् ।
अधिवेशनले प्रदेश सदस्यहरुमा पिन्टू यादव, गणेश प्रसाद खरेल, अमृता सिंह, शेखर छतकुली, कन्हैया गुप्ता, सफल खतिवडा, देवेन्द्र यादव, राधेश्याम पटेल, ललनकुमार साह, युवराज खडका, आसिक अन्सारी, सुरेशप्रसाद आचार्य, संगिता सिवाकोटी, भोला यादव, धर्मेन्द्र चौरसिया, गौरी न्यौपाने, विना राउत र शम्भु प्रसाद महतोलाई चयन गरेको छ ।

प्रेस चौतारी नेपालका मधेस प्रदेश अध्यक्ष फणी महतको अध्यक्षता तथा प्रेस चौतारी नेपालका केन्द्रिय अध्यक्ष गणेश बस्नेतको प्रमुख आतिथ्यता मा सम्पन्न अधिवेशनको प्रमुख बक्ताका रुपमा रहेका नेकपा एमालेका महासचिव शंकर पोखरेलले अधिबेशनको उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल, प्रेस चौतारी नेपालका इन्चार्ज राजेन्द्र गौतम,नेकपा एमाले मधेस प्रदेश इन्चार्ज लिलानाथ श्रेष्ठ नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा, नेपाल पत्रकार महासंघका केन्द्रिय लेखा समिती संयोजक केसी लामिछान, प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष निरन्जन मिश्र लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

Facebook Comments Box