फत्तेपुरमा संचालित वडा अध्यक्ष कप फुटबलको तेस्रो क्वाटरफाइनल खेलमा अजम्बरि युवा क्ल्ब विजयी

सप्तकोसी/सप्तरीको सप्तकोसी नगरपालिका वडा नं १ फत्तेपुरमा संचालित प्रथम वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको तेस्रो क्वाटरफाइनल खेलमा अजम्बरि युवा क्ल्ब भगलपुर विजयी भएको छ ।
सप्तकोसी नगरपालिका वडा नं १ को सहयोगमा न्यु त्रियुगा स्पोर्ट्स क्लब फत्तेपुर द्वारा संचालित प्रतियोगिताको मंगलबार भएको अजम्बरि युवा क्लब भगलपुर उदयपुर र महुली फुटबल क्ल्ब सप्तरी बिच भएको तेस्रो क्वाटर फाइनल खेलमा १-० गोलअन्तर ले महुली लाइ हराउँदै भगलपुर सेमिफाइनल प्रवेश गरेको छ। खेलमा पहिलो हाल्फको ७ औं मिनेटमा अजम्बरि युवा क्ल्बका जर्सि न ३ का बिनोद राइले १ गोल गरि टिमलाई १-० को अग्रताले जित दिलाए।
प्रतियोगिताको भोलि हुने अन्तिम क्वाटरफाइनल खेल आयोजक न्यु त्रियुगा स्पोर्ट्स क्ल्ब फत्तेपुर र गोर्खा फुटबल एकेडेमी उदयपुर बिच हुने आयोजकले जनाएको छ ।
सहिद स्मृति रंगशाला फत्तेपुरमा संचालित वडा अध्यक्ष कप फुटबल प्रतियोगितामा प्रोग्रेसिभ युथ क्लब ओद्राह , बेल्टार युनाइटेड फुटबल क्ल्ब बेल्टार ,अजम्बरि युवा क्ल्ब उदयपुर ,महुली फुटबल क्लब सप्तरी गाइघाट युनाइटेड क्ल्ब उदयपुर, रिभरसाइड फुटबल क्ल्ब सप्तरी , गोर्खा एकेडेमी उदयपुर र आयोजक न्यु त्रियुगा स्पोर्ट्स क्ल्ब फत्तेपुर गरि उदयपुर र सप्तरीका ८ वटा टिमहरुले सहभागिता जनाएको न्यु त्रियुगा स्पोर्ट्स क्ल्बका अध्यक्ष अजय श्रेष्ठले जानकारि दिए।