फत्तेपुरमा जारि वडा अध्यक्ष कप फुटबल प्रतियोगितामा अजम्बरि युवा क्ल्ब उदयपुर फाइनल प्रवेश

सप्तकोसी/सप्तरीको सप्तकोसी नगरपालिका वडा नं १ फत्तेपुरमा जारी प्रथम वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको बिहिवार भएको पहिलो सेमिफाइनल खेलमा प्रोग्रेसिभ युवा क्ल्ब ओद्राहालाइ हराउँदै अजम्बरि युवा क्ल्ब उदयपुर फाइनल प्रवेश गरेको छ ।
प्रोग्रेसिभ युवा क्ल्ब ओद्राहा सप्तरी र अजम्बरि युवा क्ल्ब उदयपुर बिच भएको पहिलो सेमिफाइनल खेलमा निर्धारित समयमा दुबै टिमको १-१ गोल बराबरी भए पछि खेलको निर्णय ट्राइवेकरमा गरिएको थियो ट्राइवेकरमा ओद्राहालाइ ५-४ को गोलान्तरले पराजित गर्दै अजम्बरि युवा क्ल्ब उदयपुर फाइनल प्रवेश गरेको छ।
सप्तकोसी नगरपालिका वडा नं १ को सहयोगमा न्यु त्रियुगा स्पोर्ट्स क्लब फत्तेपुर द्वारा संचालित प्रतियोगिताको अन्तिम सेमिफाइनल चैत्र २ गते खेल गोर्खा फुटबल एकेडेमी उदयपुर र गाइघाट युनाइटेड फुटबल क्ल्ब बिच हुने आयोजकले जनाएको छ ।
सहिद स्मृति रंगशाला फत्तेपुरमा संचालित प्रथम वडा अध्यक्ष कप फुटबल प्रतियोगितामा उदयपुर र सप्तरीका गरि ८ वटा टिमहरुले सहभागिता जनाएका छन।
प्रतियोगिताको फाइनल खेल चैत्र ४ गते आजको बिजेता अजम्बरि फुटबल क्ल्ब उदयपुर र २ गते हुने बिजेता बिच हुने आयोजकले जनाएको छ।
प्रतियोगिताको बिजेता उपबिजेता टिमले क्रमशः नगद रु ३०हजार र २० हजार, ट्रफी ,मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ।
