नेकपा एमाले सप्तकोसी वडा न २ को वडा अधिबेशन सम्पन्न


सप्तकोसी / नेकपा एमाले सप्तकोसी नगरपालिका वडा न २ को वडा अधिबेशन सोमबार सम्पन्न भएको छ।
नेकपा एमाले सप्तकोसी नगरपालिका वडा न २ को वडा अधिबेशन बाट रबिन्द्र नाथ चौधरीको अध्यक्षतामा २६ सदस्य वडा कमिटी गठन गरिएको छ ।वडा अधिबेशन बाट वडा कमिटीको उपाध्यक्षमा डोमनि देबि थरुनि सचीब मा रमेशकुमार बस्नेत उपसचिवहरु गफुर मिया र निर्मला राजधामि चयन भएका छ्न।
नेकपा एमाले सप्तकोसी नगरपालिका वडा न २ का वडा कमिटी अध्यक्ष बासुदेब चौधरीको अध्यक्षता तथा नेकपा एमाले पोलिटब्युरो सदस्य तथा सप्तरी इन्चार्ज समुनराज प्याकुरेलको प्रमुख आतिथ्यतामा सम्पन्न अधिबेशनमा नेपाली काङ्ग्रेस परित्याग गरि लक्ष्मीकान्त चौधरी, गफुर मिया,ढकनि देबि राम,देबिलाल चौधरी र आशा देबि राम गरि ५ जनाले नेकपा एमाले प्रवेश गरेको नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा सप्तकोसी नगरपालिका वडा न २ का वडा इन्चार्ज जाहिर हुसेनले बताए ।
नेकपा एमाले सप्तकोसी नगरपालिका वडा न २ को वडा अधिबेशनमा नेकपा एमालेका केन्द्रिय सदस्य दिवाकर देबकोटा,नेकपा एमाले प्रदेश कमिटी सदस्यहरु उत्तमकुमार गौतम,बसन्त मिश्र,सरिता चौधरी नेकपा एमाले सप्तरी जिल्ला कमिटी सदस्य जाहिर हुसेन नेकपा एमाले सप्तकोसी नगर अध्यक्ष पारस दहाल लगायतले शुभकामना मन्तव्य राखेका थिए।
वडा अधिबेशन बाट निर्वाचित वडा कमिटीका पदाधिकारीहरुलाइ नेकपा एमालेका केन्द्रिय सदस्य दिवाकर देबकोटाले सफत ग्रहण गराएका थिए ।



