फत्तेपुरमा जारि वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि भागलपुरलाइ


सप्तकोसी/सप्तरीको सप्तकोसी नगरपालिका वडा नं १ फत्तेपुरमा जारी प्रथम वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि अजम्बरि युवा क्ल्ब उदयपुरले जितेको छ।
प्रतियोगिताको सोमबार भएको दि गोर्खाज फुटबल एकेडेमी बसाहा र अजम्बरि युवा क्ल्ब भागलपुर बिच भएको फाइनल खेलमा ट्राइवेकरमा ४-३ गोलान्तरले बसाहालाइ हराउँदै भागलपुरले प्रतियोगिताको उपाधि जितेको छ। प्रतियोगिताको फाइनल खेलमा निर्धारित समयमा दुबै टिमको १-१ गोल बराबरी भए पछि खेलको निर्णय ट्राइवेकरमा गरिएको थियो ट्राइवेकरमा गरिएको थियो।
प्रतियोगिताको म्यान अफ द म्याच भागलपुरका आदेश दर्नाल,सर्बाधिक गोल कर्ता बसाहाका रितेश तामाङ ,उत्कृष्ट गोलकिपर भागलपुरका नबिन राउत र सर्वोउत्कृष्ट खेलाडी बसाहाका युवराज थापा घोषित भए।
सप्तकोसी नगरपालिका वडा नं १ को सहयोगमा न्यु त्रियुगा स्पोर्ट्स क्लब फत्तेपुर द्वारा सहिद स्मृति रंगशाला फत्तेपुरमा संचालित प्रथम वडा अध्यक्ष कप फुटबल प्रतियोगितामा उदयपुर र सप्तरीका गरि ८ वटा टिमहरुले सहभागिता जनाएका थिए। प्रतियोगिता को बिजेता टिमलाइ नगद रु ३० हजार ट्रफी मेडल र प्रमाणपत्र र उपबिजेता टिमलाइ नगद रु २० हजार ट्रफी मेडल र प्रमाणपत्र कार्यक्रमका प्रमुख अतिथि तथा सप्तकोसी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद ढकाल निबर्तमान नगर प्रमुख उत्तमकुमार शर्मा उप प्रमुख रिताकुमारि चौधरी वडा न १ का वडा अध्यक्ष रोहिणि प्रसाद पोखरेल नेकपा एमाले सप्तकोसी नगर अध्यक्ष पारस दहाल जिल्ला फुटबल संघ सप्तरीका वरिष्ठ उपाध्यक्ष अमर खवास जिल्ला खेलकुद बिकास समिति सप्तरीका कार्यलय प्रमुख दिनेश भुजेल लगानीले पुरस्कार बितरण गरेका थिए।




