सप्तकोसी /सप्तरीको सप्तकोसी नगरपालिका  फत्तेपुरबाट लागुऔषध र कर छलिको विभिन्न प्रतिबन्धित औषधि सहित दुइ जना पक्राउ परेका छ्न।
सप्तकोसी नगरपालिका वडा न १ शान्ति नगर बस्ने जय प्रकाश गुप्ताको घरमा डेरा गरि बस्ने सुनसरी जिल्ला भोक्रा नरसिंह गाउपालिका ६ बस्ने फारुज मियाको छोरा बर्ष २६ को ममताज मिया र सुनसरी देवानगन्ज गाउपालिका १ बस्ने ललित नारायण यादबकि छोरि बर्ष २५ कि तिलो कुमारी यादबलाइ प्रतिबन्धित लागु औषध Nitrazepam tablets १४ पिस र codeine phosphate and triprolidine hydrochloride syrup 100 ml ४ बोतल र गर्भपतन गर्ने किट,भ्याग्रा, प्रोटिन,भिटामिन,लगायत कर छलि गरि ल्याइएका विभिन्न औषधि सहित पक्राउ गरिएको प्रहरी चौकी फत्तेपुरका इन्चार्ज पन्नलाल चौधरीले जानकारी दिए।गोप्य सूचनाको आधारमा खटिएको प्रहरी चौकि फत्तेपुरको टोलिले मिया र यादब बस्ने कोठामा खान तलास गर्दा लुकाइ छिपाइ राखेको अबस्थामा लागु औषध र विभिन्न औषधि बरामद गरि इलका प्रहरी कार्यलय कंचनपुर पठाइएको इन्चार्ज चौधरीले जानकारी दिए।
सप्तकोसी नगरपालिका फत्तेपुर बाट लागु औषध सहित नियन्त्रणमा लिएका मिया र यादवलाइ ईलाका प्रहरी कार्यलय कंचनपुर मा ल्याइ थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रमुख प्रहरी नायव उपरिक्षक माधव काफ्ले ले जानकारी दिए।
छिमेकी देश भारत संग खुल्ला सिमा नाका नजिक रहेकाले फत्तेपुर लगायत आसपासका औषधि पसल किराना पसल र ब्याक्ती हरुले प्रतिबन्धित लागुऔष, विभिन्न औषधि लगायत खाद्यान्न सामाग्री भारतबाट सस्तोमा खरिद गरि कर छलि गरि ल्याइ फत्तेपुर लगायत बजारहरु उदयपुरका लागुऔषध प्रयोग कर्ताहरुलाइ चर्को मुल्यमा बिक्रीवितरण गर्ने गरेको स्थानीयहरु बताउछ्न।
सप्तकोसी नगरपालिकामा रहेका औषधि पसल,खाद्यान्न किराना पसल लगायतमा स्थानीय सरकार लगायत अनुगमन गर्ने निकाय मौन बस्नु र स्थानीय सरकारले गर्नु पर्ने बजार अनुगमन शन्यू हुनुले पनि बजारमा लागुऔषध लगायत खाद्यान्न सामाग्रीहरुमा कालोबजारी मौलाउदै गएको स्थानीयहरुको भनाइछ।
सप्तकोसीमा नगरपालिकामा बजार अनुगमन गर्ने सम्बन्धित निकायको निष्क्रियता रहेका कारण फत्तेपुर लगायतका बजारहरुमा दैनिक जसो लाखौंको मुल्य बराबरको कर छलिको औषधि, प्रतिबन्धित लागु औषध , खाद्यान्न , पिय पदार्थ लगायतका सामाग्री भित्रने गरेको स्थानीयहरुको भनाइ छ।

Facebook Comments Box