सप्तकोसी/सप्तरीको सप्तकोसी नगरपालिका वडा न १ मा रहेको रक्तमाला नमूना सामुदायिक बन उपभोक्ता समुहको कार्यलयमा बन डढेलो नियन्त्रण, ब्याबस्थापन जनचेतना मुलक कार्यक्रम बिहिवार सम्पन्न भएको छ।
डिभिजन बन कार्यलय सप्तरी र रक्तमाला नमूना सामुदायिक बन उपभोक्ता समिति फत्तेपुर द्वारा आयोजित बन डढेलो नियन्त्रण तथा ब्यबस्थापन सम्बन्धि जनचेतना मुलक कार्यक्रम गरि बन डढेलो नियन्त्रण, ब्यबस्थापन जनचेतना सप्ताह २०८१ मनाइएको छ।
“बन डढेलो तथा आगलागीबाट बन,बन्यजन्तु जैविक बिबिधताको संरक्षण गरौं “भन्ने मुलनाराका साथ आयोजना गरिएको जनचेतनामुलक कार्यक्रम रक्तमाला नमूना सामुदायिक बन उपभोक्ता समितीको कार्यलयबाट “बन डढेलो हुनबाट रोकौ असल नागरिकको परिचय दियौ”बन डढेलोबाट बनलाइ जोगाऔ,बन्यजन्तुको बासस्थान सुरक्षित पारौं ,बन डढेलो भनेको धन डढेलो हो ।हामि सबै मिलि बन डढेलो रोकथाम गरि बन जङ्गलको संरक्षण गरौं लेखिको प्लेकार्ड बोकेर निस्किएको र्यालिले फत्तेपुर बजार परिक्रमा गरि सामुदायिक बन कार्यलयमा कोणसभा गरि समापन गरिएको रक्तमाला नमूना सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष इन्द्र लुइँटेल ले जानकारी दिए।

    डिभिजन बन कार्यलय सप्तरीले चैत्र १ गते देखी सुरु गरेको बन डढेलो नियन्त्रण,ब्यबस्थापन जनचेतना सप्ताह २०८१ सप्तरी जिल्लाको विभिन्न पालिकामा डढेलो नियन्त्रण सम्बन्धि जनचेतनामूलक कार्यक्रम गरि चैत्र ७ गते सप्तकोसीमा बन डढेलो नियन्त्रण सम्बन्धि जनचेतनामूलक कार्यक्रम गरि समापन गरिएको डिभिजन बन कार्यलय सप्तरीका सहायक बन अधिकृत सत्यदेब यादवले जानकारी दिए।
चैत्र बैशाख महिना सुख्खा र हावाहुरीको मौसम रहेकाले बन जङ्गलमा हावाहुरीको कारणले डढेलो लाग्ने भएकाले डढेलोको नियन्त्रण गरि बनजङ्गल संरक्षण र बन्यजन्तु जैविक बिबिधताको संरक्षण गरि बन डढेलो बाट हुने बन बिनास र क्षेति न्यूनीकरण कसरी गर्न सकिन्छ भन्ने बारे सामुदायिक बनका उपभोक्ता र आम सर्बसाधरणलाइ सचेतना फैलाउने उदेश्यले बन डढेलो नियन्त्रण, ब्यबस्थापन जनचेतना सप्ताह २०८१ जिल्लाको विभिन्न पालिका मा गरिएको जिल्ला बन कार्यलय सप्तरीका फरिस्टर पंकज मिश्रले बताए ।

कार्यक्रममा सप्तकोसी नगरपालिका वडा न १ का वडा अध्यक्ष रोहिणि प्रसाद पोखरेल रक्तमाला नमूना सामुदायिक बन उपभोक्ता समितीका अध्यक्ष इन्द्र लुइँटेल, पर्सा सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष बिष्णुदेब चौधरी, गङाजलि सामुदायिक बनका अध्यक्ष कृष्णदेब चौधरी रक्तामाला नमूना सामुदायिक बन उपभोक्ता समितिका सल्लाहकार,लेखा समिति, कार्य समिति पदाधिकारी,टोलि प्रमुख , उपभोक्ता ,बिधालयका विद्यार्थी लगायतको उपस्थिति रहेको थियो।

Facebook Comments Box