प्रेस चौतारी नेपालको केन्द्रीय अध्यक्षमा पाण्डे,केन्द्रिय कमिटीमा मधेस प्रदेशको उत्साह जनक उपस्थिति


सप्तकोसी/ प्रेस चौतारी नेपालको १०औं राष्ट्रिय महाविधेशनले गणेश पाण्डेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
कोशी प्रदेशको बिराटनगरमा सोमबार सम्पन्न प्रेस चौतारी नेपालको १० औं राष्ट्रिय महाधिवेशनले गणेश पाण्डेको अध्यक्षतामा ९९ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ ।प्रेस चौतारी नेपालको कार्यसमितिको उपाध्यक्षमा चेतन अधिकारी, महिला उपाध्यक्षमा कृपा भण्डारी, महासचिवमा हिरामान लामा, उपमहासचिवमा हरिबल्लभ नेपाल सचिवमाहरुमा विष्णु तारुके(संगठन ), प्रदीप आचार्य(अर्थ), बिक्रम लुईटेल( प्रचार प्रशिक्षण) र नरेश भण्डारी (बिदेश ) बिभाग चयन गरिएको छ ।
गणेश पाण्डेको नेतृत्वमा चयन गरिएको प्रेस चौतारी नेपालको केन्द्रीय कमिटीमा मधेस प्रदेशको उत्साह जनक उपस्थिति रहेकोछ ।
१० औं राष्ट्रिय महाधिवेशनले मधेस प्रदेशबाट अच्युत पौडेललाई केन्द्रीय सदस्यसहित प्रदेश इन्चार्ज तोकेको छ भने केन्द्रीय सदस्यहरुमा सप्तरी बाट खगेन्द्र कार्की, बाराबाट रमेश सुवेदी, इन्दीप कोइराला, रौतहटबाट रमेश तिमिल्सिना, उत्तमकुमार उपाध्याय, प्रेमचन्द्र झा, सर्लाहीबाट रिना आले, बख्तियार अलि, महोत्तरीबाट सुनिता कुमारी, धनुषाबाट धर्बेन्द्र झा, अवधेस कामत, प्रवीण साह, ज्योती झा चयन भएका छन् ।
महाधिवेशनले नीति अनुसन्धान आयोगमा बाराका बेद भट्ट र लेखा आयोगमा अफरोज अर्पणलाई चयन गरिएको छ ।



