सप्तकोसी ५ मा आगलागी हुँदा लाखौंको क्षति

सप्तकोसी /सप्तरीको सप्तकोशी नगरपालिका वडा न ५ गंगाजलीमा बुधबार राती आगलागी हुँदा लाखौंको क्षति भएको छ । सप्तकोसी नगरपालिका वडा न ५ का सोम प्रसाद आचार्यको गोठमा बालेको आगो बाट राति ११ बजे अचानक आगलागी हुँदा गोठ तथा घरमा आगलागी हुँदा गाईगोठ पुर्ण रुपमा जलि नष्ट भएको र आगोले आचर्यको घरको जस्ताको छाना र काठले बनेको २ तले घर जल्दा करिब १५ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यलय कंचनपुरका प्रमुख माधब काफ्ले ले जानकारी दिए ।
गोठमा लागेको आगो घरमा प्रवेश गरि आगो निभाउने क्रममा आगोले पोलि घर धनी आचार्यको हात खुट्टा र शरिरमा जलि घाईते भएको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ । घाइतेलाइ उपचारका लागि स्वास्थ्य चौकी फत्तेपुर लगि उपचार गरिएको घाइतेको अबस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
आगलागीमा परि भैसीको पाडा १ र बाख्रा २ जले र मरेका छ्न।
गोठ तथा घरमा लागेको आगोलाइ कञ्चनरुप नगरपालिकाको दमकल,नेपाल प्रहरी,सशस्त्र प्रहरी र स्थानीयबासीको सहयोगमा नियन्त्रणमा आएको डिएसपी माधव काफ्लेले जानकारी दिए ।
