सप्तकोसी /नेपाल पत्रकार महासंघ सप्तरी शाखाले आन्दोलनको समाचार संकलन गर्न गएका पत्रकार शुरेश रजकलाई जीउँदै आगो लगाएर हत्या गर्ने हत्यारा तथा सञ्चार गृहमा आगजनी गर्ने दोषीलाइ कारबाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ध्यानाकर्षण पत्र बुझाइएको छ ।
राजसस्था पुनःस्थापनको माग गर्दै सडक आन्दोलन गर्दै आएको राजावादीको आन्दोलनमा समाचार संकलन गर्न गएका पत्रकार शुरेश रजकलाई जीउँदै आगो लगाएर हत्या गर्ने हत्यारा तथा सञ्चार गृहमा आगजनी गर्नेलाई दोषीलाइ कारबाहीको माग गर्दै सप्तरीका प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ध्यानाकर्षण पत्र बुझाइएको छ ।
नेपाल पत्रकार महासंघ सप्तरीद्वारा सोमबार जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ध्यानाकर्षण-पत्र बुझाइएको छ।

                             नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देवको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी भोला दाहाल मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई ध्यानाकर्षणपत्र बुझाइएको छ ।
ध्यानाकर्षण पत्र बुझ्दै प्रजिअ दाहालले तत्कालै सम्बन्धित निकायमा पठाउने प्रतिबद्धता व्यक्त गरे । ध्यानाकर्षण -पत्रमा पत्रकार रजकको हत्यारा तथा संचार गृह र पत्रकारहरुमाथी भएको दुर्व्यवहारप्रति आपत्ति जनाएको छ । यसैगरी पत्रकार रजकको परिवारलाई न्याय तथा संचार गृहमा भएको क्षतिपूर्ति तथा घाइते पत्रकारहरुको उपचारको प्रबन्धक मिलाउन सरकारको ध्यानाकर्षण गराइएको छ ।
‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटनामा संलग्नहरुलाई तत्काल कानुनी कारबाही गर्न र भविष्यमा संचारमाध्यम र संचारकर्मीहरुको सुरक्षाको उचित प्रबन्ध मिलाउन पनि महासंघ माग गर्दछ ।’ महासंघले बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
ध्यानाकर्षण-पत्रमा एकसाता भित्र माग सम्बोधन गर्न आग्रह गर्दै सुनुवाइ नभए सरकार विरुद्ध देशव्यापी चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिइएको छ । शनिबार राजविराजमा पत्रकारहरुले विरोध र्‍याली प्रदर्शन गरेका थिए भने आइतबार हातमा कालोपट्टी बाँधेर कामकाज गरि विरोध जनाएका छ्न ।

Facebook Comments Box