नेकपा एमाले सप्तरीको खबरदारी मोटरसाईकल र्याली सहित शक्ति प्रदर्शन

सप्तकोसी /नेकपा एमाले सप्तरीले प्रतिगमनका बिरुद्ध सप्तरीमा खबरदारी मोटरसाइकल र्याली सहित शक्ति प्रदर्शन गरेको छ ।
नेकपा एमालले देशव्यापीरुपमा आव्हान गरेको विरोध प्रदर्शन अन्तर्गत सप्तरीमा नेकपा एमालेको आयोजनामा प्रतिगमनको बिरुद्धमा जिल्ला भरिबाट मोटरसाईकल र्याली सहित शक्ति प्रदर्शन गरेको छ।
पछिल्लो समय राजाबादीहरुको अराजक गतिविधि बढ्दै गएकाले नेकपा एमालेले खबरदारी मोटरसाइकल र्याली सहित देशव्यापी रुपमा आफ्ना कार्यकर्तालाई सडकमा उतारेर शक्ति प्रदर्शन गरेको छ।
मोटरसाइकल र्यालीमा ‘संघीय लोकतान्त्रिक गणतन्त्र जिन्दाबाद’, ‘प्रतिगमन मुर्दावाद’, ‘हिंसा, हत्या र लुटपाट बन्द गर’, ‘जन्मसिद्ध ‘दास र रैती बन्न मञ्जुर छैनौँ’, ‘हत्यारालाई कारबाही गर’, ‘शान्ति सुव्यवस्था कायम गर’, ‘सामाजिक अराजकता मुर्दावाद’, ‘जनताको बहुदलीय जनवाद जिन्दाबाद’, ‘नेकपा एमाले जिन्दाबाद’ लगायतका नारा लगाउँदै मोटरसाइकल र्याली प्रदर्शन गरिएको थियो ।
सप्तरीका १८ वटै पालिकाबाट आएको मोटरसाइकल र्याली नेकपा एमाले पार्टी कार्यालय मदन नगर राजबिराज बाट निकालिएको र्याली राजबिराज परिकमा गरी स्थानीय नेता चौकमा गएर कोण सभामा परिणत भएको थियो । कोण सभालाई सम्बोधन गर्दै नेकपा एमाले पोलिट ब्यूरो सदस्य तथा सप्तरी इन्चार्ज सुमन राज प्याकुरेलले अराजक र प्रतिगामी तत्त्वहरूलाई तह लगाएरै छाड्ने बताए।६२/६३ को जनआन्दोलन बाट प्राप्त उपलब्धि गणतन्त्र लाइ कमजोर पार्न केहि देशि ,बिदेशी शक्ति र कथित राजाबादिहरु सल्बलाएकाले यस्ता प्रतिगामी हरुलाइ निस्तेज पार्न र गणतन्त्रलाइ सस्थागत गर्न सम्पुर्ण गणतन्त्रबादि हरु एक हुनु पर्ने आवश्यकता रहेको नेता प्याकुरेलले बताए।
