सप्तकोसी / सप्तरीको सप्तकोसी नगरपालिका मा ६८ औं राष्ट्रिय सहकारी दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ।          “मर्यादित सहकारी:सम्मुनत समाज”भन्ने मुल नाराका साथ सहकारी समन्वय समिति सप्तकोसी नगरपालिकाले आयोजना गरेको सहकारी दिवसको अबसरमा चैत्र १९ गते सप्तकोसी नगर स्तरीय ब्याडमिन्टन प्रतियोगिता र सहकारी र नगरपालिका  कर्मचारी बिच फुटबल प्रतियोगिताको आयोजना गरेको छ।
सप्तकोसी नगर स्तरीय ब्याडमिन्टन प्रतियोगितामा सप्तकोसी नगरपालिकाका ३२ जोडी खेलाडीहरुले सहभागिता जनाएका थिए।प्रतियोगितामा अमर बिक जोडी मिन खड्काको जोडीले सुरज खड्का र शम्शेर खडकाको जोडीलाइ १९-२१,२१-१५,२२-२० को अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको छ भने सुरज खडका र शम्शेर खडकाको जोडी द्धितिय भए भने केशब बुढा क्षेत्री जोडी उदय बानिया र आर्यन खडका र निमेस कटवालको जोडी तृतीय भएका छ्न। सहकारी र नगरपालिकाका कर्मचारी बिच भएको फुटबल खेलमा ३-१ को गोलान्तरले सहकारीलाइ हराउँदै नगरपालिका कर्मचारी टिम बिजेता बनेका थिए ।
६८ औं राष्ट्रिय सहकारी दिवसको अबसरमा सहकारी समन्वय समिति सप्तकोसीले बुधबार प्रभातफेरि गरि नगर परिक्रमा गरि सभामा परिणत भएको थियो।

      सभामा बोल्दै सप्तकोसी नगरपालिका वडा न १ का वडा अध्यक्ष रोहिणि प्रसाद पोखरेलले सहकारी व्यवसायको संरक्षणमा र प्रबर्द्धनमा वडा सरकार गम्भीर रहेको बताए । देशको अर्थतन्त्रलाई उकास्न सहयोग पुयाउने सहकारी व्यवासायको संरक्षण र प्रबर्द्धनमा देशको तिनै तहको सरकार गम्भीर हुनु पर्ने बताए।
कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी बोर्डका निबर्तमान सदस्य शम्भुबहादुर खड्काले सहकारी संस्थामाथी भईरहेको चौतर्फी आक्रमण देशका लागि शुभसंकेत नभएको र सहकारीको माध्यमले देशमा व्यप्त अभाव र बेरोजगारी समस्या न्यूनीकरणमा ठुलो योगदान गरेको बताए ।
सहकारी समन्वय समिति सप्तकोसीका अध्यक्ष चन्द्रशेखर चौधरीको अध्यक्षता तथा सप्तकोसी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद ढकालको प्रमुख आतिथ्यता मा भएको कार्यक्रममा सप्तकोसी नगरपालिकाका वडा न १ का अध्यक्ष रोहिणि प्रसाद पोखरेल मनकामना बहुमुखी सहकारी सस्थाका अध्यक्ष नेसार अहमद फत्तेपुर बहुउद्देश्यीय सहकारी सस्थाका अध्यक्ष पारस दहाल,बिपन्न महिला उत्थान कृषि सहकारी सस्थाकि अध्यक्ष नरदेबि कार्की लगायतको उपस्थिति रहेको थियो। सहकारी दिवसको बुधबार भएको समापन कार्यक्रममा प्रतियोगिताका बिजेता उपबिजेता टिमलाइ ट्रफि मेडल बितरण गरिएको मनकामना बहुमुखी सहकारीका ब्याबस्थापक दिपककुमार खडकाले जानकारी दिए।

Facebook Comments Box