सप्तकोसीमा सुरक्षित आवास अन्तरगत १८ घर भुमिहिन परिवारलाइ हस्तान्तरण

सप्तकोसी /सप्तरीको साप्तकोसी नगरपालिक वडा न ४ बलार्दह कामत टोलका १८ घर गरिब ,दलित, भुमिहिन पारिवारलाइ बुधबार एक कार्यक्रमको आयोजना गरि सुरक्षिता आवास अन्तरगतका घरहरु हस्तान्तरण गरिएको छ।
सप्तकोसी नागरपालिका , ह्याबिटयाट नेपाल तथा महुली सामुदायिक बिकास केन्द्र को संयुक्त साझेदारिमा निर्माण सम्पन्न गरी बुधबार कामत टोलका १८ घर मुसहर समुदाय का परिवार लाई सुरक्षि आवास अन्तरगतका घरहरु हस्तान्तरण गरिएको हो।
निर्माण सम्पन्न गरि सुरक्षित आवास हस्तान्तरण कार्यक्रम मा ह्याबिटयास कि निर्देशक मिसेस मिया मेरिना ले सप्तकोसी नागरपालिका का नगर प्रमुख कृष्ण प्रासाद ढकाल र नगर उप प्रमुख रिता चौधरिलाइ संयुक्तरुपमा घरको चाबी हस्तान्तरण गरेका छ्न।
कार्यक्रम मा महुली सामुदायिक का कार्यकारी निर्देशक प्रभु नारायण चौधरी , अध्यक्ष रामलगन मडर ,महासचिब चन्द्र मणि मडर, ह्याबिट्याट्स का नेपाल निर्देशक लाक्षिण्द्र महर्जन ,सेभ द सप्तरी का अध्यक्ष ध्रुब देब ,सप्तकोसी नगरपालिका वडा न २ का वडा अध्यक्ष जाहिर हुसेन,वडा न ३ देबकान्त गोजेवार,वडा न ४ का वडा अध्यक्ष जयराम खङ वडा न ५ का वडा अध्यक्ष गोसाइ चौधरी,जितन चौधरी ,सप्तकोसी नगरपालिका प्रमुख प्रशाशकिय अधिकृत पुरशोतम ढकाल लगायत को उपस्थिती रहेको थियो।
सुरक्षिता आवास अन्तरगत हस्तान्तरण गरिएका घरहरु एक घर एक सौचालय सहित निर्माण गरिएर हस्तान्तरण गरिएको छ।
