नेकपा एमाले सप्तरीको१० औं जिल्ला अधिवेशन चैत्र ३० गते हुने

सप्तकोसी / नेकपा एमालेको १० औं सप्तरी जिल्ला अधिवेशन चैत्र ३० देखि शुरू हुने भएको छ ।
नेकपा एमालेको १० औं सप्तरी जिल्ला अधिवेशन चैत्र ३०र ३१ गते जिल्ला पार्टी कार्यलय राजबिराज हुने भएको छ । नेकपा एमाले को १० औं जिल्ला अधिबेशनको सम्पूर्ण तयारी पूरा भएको शुक्रबार जिल्ला पार्टी कार्यलयमा पत्रकार सम्मेलन गरि जानकारी गराइएको छ।
नेकपा एमाले सप्तरी जिल्ला अध्यक्ष ताराकान्त चाैधरीले पत्रका सम्मेलनमा बोल्दै पार्टीको जिल्ला अधिवेशनको उद्घाटन पार्टी केन्द्रिय उपाध्यक्ष राम बहादुर थापा बादलले गर्ने बताए ।
नेकपा एमालेको १० औं जिल्ला अधिवेशनको लागि सप्तरी जिल्लाका १८ वटा पालिका र २३ वटा जनबर्गिय संगठनबाट ३ सय ५२ जना प्रतिनिधि छनौट भएर अधिबेशनमा सहभागी हुने भएको र जिल्ला अधिबेशनको लागि १ सय स्वयंसेवकको परिचालन गरिने अध्यक्ष चौधरीले जानकारी दिए ।
नेकपा एमाले सप्तरीले आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपा एमालेका पोलियब्युरो सदस्य तथा सप्तरी इन्चार्ज सुमनराज प्याकुरेल, केन्द्रिय सदस्य तथा क्षेत्रीय इन्चार्ज राजकुमार लेखी, क्षेत्रीय इन्चार्ज जितेन्द्र नारायण देव प्रदेश कमिटी सदस्य लगायतका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।
