सप्तकोसी / नेकपा एमाले सप्तरीको १० औं जिल्ला अधिबेशन शनिबार पार्टी कार्यलय राजबिराजमा उद्घाटन भएको छ।

नेकपा एमाले सप्तरी जिल्ला अध्यक्ष ताराकान्त चौधरीको अध्यक्षतामा भएको जिल्ला अधिबेशनको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रिय उपाध्यक्ष रामबहादुर थापा बादलले पानसमा बत्ति बालेर गरेका छ्न।
२ दिन सम्म चल्ने अधिबेशनको उद्घाटन सत्रलाइ सम्बोधन गर्दै प्रमुख अतिथि तथा नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष राम बहादुर थापा ( बादल ) ले समृद्व नेपाल सुखी नेपालीको संकल्प बोकेर नेकपा एमाले अगाडि बढेको बताउदै नेपालमा गणतन्त्रलाइ सस्थागत गर्दै समाजबाद निर्माण गर्नु पर्ने आबश्यक रहेको बताए। समाजबादलाई स्थापना गर्नका लागि नेकपा एमालेलाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा निर्माण गर्न आग्रह गर्दै यो १० औं जिल्ला अधिबेशनबाट सर्वसहमत सक्षम नेतृत्व चयन गर्नु पर्ने बताए ।

कार्यक्रममा बोल्दै बिशिस्ट अतिथी तथा मधेस प्रदेशका भौतिक पुर्वाधार तथा योजना मन्त्री सरोज यादवले जनता बिच जनमत गुमाइसकेका पार्टीले राज्य सत्ता संचालन गर्दा जनताले दुख पाएकाले दुई ठुला दल मिलेर सरकार निर्माण गर्नुपरेको बताए। अधिबेशनको उद्घाटन कार्यक्रममा नेकपा एमाले पोलिटब्युरो सदस्य तथा सप्तरी इन्चार्ज सुमनराज प्याकुरेल नेकपा एमालेका केन्द्रिय सदस्य तथा मधेस प्रदेशका गृह सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले केन्द्रीय सदस्यहरु दिवाकर देबकोटा, सरिता गिरि ,जितेन्द्र नारायण देबले शुभकामना मन्तव्य राखेका थिए ।
नेकपा एमालेको १० औं जिल्ला अधिबेशनको लागि सप्तरी जिल्लाका १८ वटा पालिका र २३ वटा जनबर्गिय संगठनका गरि३ सय ५२ जना प्रतिनिधि रहेको ३१ गते हुने बन्द सत्रले १ सय ३५ सदस्यीय सप्तरी जिल्ला कार्यसमिति चयन गर्ने नेकपा एमाले सप्तरी जिल्ला पार्टी सचीव देबनाथ यादबले जानकारी दिए।

Facebook Comments Box