सप्तकोसी /सप्तरीको सप्तकोसी नगरपालिका १ फत्तेपुरमा शनिबार कर दाता शिक्षा कार्यक्रम तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कर दाता सेवा कार्यालय राजबिराजको आयोजना तथा सप्तकोसी नगरपालिका र सप्तकोसी ब्यापार संघको समन्वयमा आयोजित अन्तरक्रिया कार्यक्रम सप्तकोसी ब्यापार संघका अध्यक्ष सुदास राइको अध्यक्षता तथा सप्तकोसी नगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद ढकालको प्रमुख आतिथ्यता मा भएको कार्यक्रमको सहजिकरण कर दाता सेवा कार्यालय राजबिराजका कार्यलय प्रमुख लाल देब सरार्फले गरेका थिए।

   करदाता शिक्षा कार्यक्रममा कार्यलय प्रमुख सरार्फले पान,भ्याट अन्तशुल्क लगायत सम्पुर्ण कर सम्बन्धि जानकारी गराएका थिए।कार्यक्रम मा सहजीकरण गर्दै सरार्फले पान न लिन कुनै पनि शुल्क नलाग्ने भएकाले कोहि पनि बिचौलिया वा दलालको पछाडि नलाग्न आग्रह गर्दै कसैले पान न निकालि दिन्छु भनेर पैसा मागे सिधै कार्यलयमा सम्पर्क गर्न अनुरोध गरे।
करदाता शिक्षा कार्यक्रममा सप्तकोसी नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद ढकाल , नगरउप प्रमुख रिता चौधरी , वडा न १ का वडा अध्यक्ष रोहिणी प्रसाद पोखरेल,सप्तकोसी ब्यापार संघका अध्यक्ष सुदास राई ,संघका पदाधिकारी ,ब्यापारी सुरक्षाकर्मी ,पत्रकार लगायतको सहभागिता रहेको थियो।

Facebook Comments Box