सप्तकोसी / नेकपा एमाले सप्तरी जिल्ला अध्यक्षमा पुन: ताराकान्त चौधरी चयन भएका छ्न।
नेकपा एमालेको १०औं सप्तरी जिल्ला अधिवेशनबाट ताराकान्त चौधरीको अध्यक्षतामा १ सय २२ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ।
नेकपा एमाले चैत ३० र ३१ गते भएको जिल्ला अधिवेशनबाट सर्वसहमत चौधरीको नेतृत्वमा जिल्ला कमिटी चयन गरेको छ।

      नेकपा एमालेको १० औं जिल्ला अधिबेशनले ५ सदस्यीय लेखा समिति सहित १ सय २२ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ जिल्ला कमिटीको उपाध्यक्ष जय प्रकाश ठाकुर सचिवमा देवनाथ यादवले पुनः निरन्तरता पाएका छन्। उपसचिवमा कुसुम आचार्य र दुर्गानन्द ठाकुर चयन भएका छन्।
नेकपा एमालेको १० औं जिल्ला अधिबेशनमा सप्तरी जिल्लाका १८ वटा पालिका र २३ वटा जनबर्गिय संगठनका गरि ३ सय ५२ जना प्रतिनिधि सहभागी भएका थिए।

          १० औं जिल्ला अधिवेशनबाट चयन भएको नेतृत्वले संगठन सुदृढीकरण, नीति तथा कार्यक्रम कार्यान्वयन, जनसम्पर्क विस्तार र कार्यकर्ताको प्रशिक्षणलगायतका विषयमा विशेष ध्यान दिएर अगाडि बढ्नु पर्ने दायित्व रहेको जिल्ला पार्टी सचीव देबनाथ यादबले जानकारी दिए।

     पार्टीको जिल्लामा बनेको नयाँ नेतृत्वले सक्रिय भएर संगठन निर्माण गरी स्थानीय तहदेखि राष्ट्रिय तहसम्म प्रभावकारी भूमिका निर्वाह गर्ने यादबले बताए ।

Facebook Comments Box