शैक्षिक आन्दोलनलाइ सहयोगको माग गर्दै शिक्षक महासंघ चौदण्डीगढीले बुझाए नगरप्रमुखलाइ ज्ञापनपत्र

सप्तकोसी / शैक्षिक आन्दोलनलाइ सहयोग गर्न माग गर्दै नेपाल शिक्षक महासंघ चौदण्डीगढले बुधबार नगरप्रमुख कालुमान लामालाइ ज्ञापनपत्र बुझाएका छ्न ।
शिक्षक महासंघ चौदण्ढिगढिका नगर अध्यक्ष रित बहादुर मगरको नेतृत्वमा आएको शिक्षकहरुको प्रतिनीधिहरुले नगर प्रमुख कालुमान लामालाई शैक्षिक आन्दोलनलाई सहयोग गर्न माग गर्दै ज्ञापन पत्र बुझाएका छन । सम्पुर्ण शिक्षक, कर्मचारीको पेशागत हकहित र आफ्नो माग पुरा गर्नका लागि बिद्यालय शिक्षा ऐन जारी गराउन नगरभित्रका सामुदायिक बिद्यालयहरुको शैक्षिक गतिविधी ठप्प पारी काठमाडौं केन्द्रीत आन्दोलनमा सहभागी हुन जानु परेकोले सहयोग गर्न आग्रह गरेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
नेपाल शिक्षक महासंघ उदयपुरले काठमाडौं केन्द्रीत शैक्षिक आन्दोलनका लागि आर्थिक सहयोगका लागि जिल्लाको ८ बटै पालिकाका शिक्षक संघ संगठनलाई सर्कुलर गर्दै अनुरोध गरेको छ । नेपाल शिक्षक महासंग उदयपुर जिल्ला कार्य समितिका अध्यक्ष सुवास विष्ट र सचिव काशिराज कार्कीले सर्कुलर पठाउदै शैक्षिक आन्दोलन सफल पार्न सम्पुर्ण शिक्षक कर्मचारीलाई आन्दोलनमा सहभागी गराउन आर्थिक सहयोग गर्न अनुरोध गरेको हो । बिद्यालय कर्मचारी र कार्यालय सहायकसंग २ हजार, प्रावी शिक्षकसंग ३ हजार, निमावी शिक्षकसंग ४ हजार, त्यस्तै मावी र प्लस टुका शिक्षकहरुसंग ५ हजार रुपैयाँ सहयोग रकम माग गदै प्रधानाध्यापकमार्फत महासंघ उदयपुरको खातामा बुझाउन आग्रह गरिएको छ।

बिद्यालय शिक्षा ऐन जारी गराउन माग राखदै बिगत लामो समय देखि देशभर शिक्षकहरु काठमाडौ केन्द्रित आन्दोलन मा होमिदै आएका छन।