सप्तरीको कंचनरुपमा यात्रुबहाक बस दुर्घटना हुँदा ३ जनाको मृत्यु


सप्तकोसी /सप्तरीको कञ्चनरुप नगरपालिका १० बदगमामा यात्रुबहाक बस आइतबार दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।
उदयपुरको गाईघाट बाट झापाको काँकरभिट्टा हिडेको प्र१-०१-००१ ख ३४२० नं. को यात्रु बाहक बस अनियन्त्रित भई सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिका १० बदगमामा दुर्घटना हुँदा बसमा सबार २ जनाको ३ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए।
दुर्घटना परि एक पुरुष र एक महिलाको घटना स्थलमै बसमा च्यापिएर मृत्यु भएको छ सप्तरी सप्तकोशी नगरपालिका १ का ७५ बर्षिय रत्न बहादुर मगरातीको उपचारका क्रममा गोल्डेन अस्पताल बिराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना स्थलमै मृत्यु भएका सनाखत नभएका दुई जनाको सव गजेन्द्र नारायण सिंह अस्पताल राजबिराज सप्तरीमा राखेको प्रहरीले जनाएको छ ।
बस दुर्घटनामा परि उदयपुरको चौदण्डीगढी नगरपालिका–५ कि ५९ वर्षीया कमला भुसाल, सप्तरी जिल्ला सप्तकोशी नगरपालिका–१ का २१ वर्षीया सुबेता दाहाल, झापाका मनोज भट्टराई, झापाकै मिना भट्टराई, सप्तरी सप्तकोशी नगरपालिका १ का अन्दाजी २६ बर्षिया चेतना भट्टराई घाइते रहेको र स्थानीय धर्मेश्वर अस्पतालमा सामान्य उपचार गरि थप उपचारका लागि बिराटनगर स्थित गोल्डेन अस्पताल पठाइएको छ ।


त्यस्तै अन्य घाइते हुनेहरुमा सप्तरी जिल्ला सप्तकोशी नगरपालिका २ का ४४ वर्षिया बिजय बिक, सुनसरी जिल्ला वराहक्षेत्र नगरपालिका ६ बस्ने बर्ष ३५ को भरत यादब, सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका ३ बस्ने बर्ष १९ महमद असलम, हनुमाननगर कंकालिनी नगरपालिका ७ बस्ने बर्ष ३७ विरेन्द्र ठाकुर, सप्तरी सप्तकोशी नगरपालिका १ बस्ने बर्ष ४० कि सबिता थापा, उदयपुरको चौदण्डीगढी नगरपालिका ९ बस्ने बर्ष २६ को नरमाया मगर, चौदण्डीगढी ९ कै बर्ष ६० को मायादेवी थापा, चौदण्डीगढी १० बस्ने बर्ष ६५ को पुजन देवी सिलवाल, सोही ठाउँकी ३०बर्षिया गिता सिलवाल, चौदण्डीगढी ९ बस्ने बर्ष ६८ को बम बहादुर कार्की, उदयपुरको त्रियुगा नगरपालिका १ जोगीदह बस्ने बर्ष ४० को सनावती चौधरी सप्तरी सप्तकोशी नपा १ बस्ने बर्ष ३० की सुष्मा बिष्ट, सोही ठाउँकी ७० बर्षिया पवित्रा मगराती, सप्तरी महदेवा गाउँपालिका २ बस्ने बर्ष ५० कि बिमला देबि ठाकुर, सप्तरी कञ्चनरुप नपा ४ बस्ने बर्ष ३४ को श्याम कुमार सदा, सोही ठाउँ बस्ने ४० वर्षिया मनोज सदा र सप्तरी कञ्चनरुप नपा ८ बस्ने बर्ष ५५ को निर्मला गुप्ता घाइते भइ स्थानीय नगर अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
अन्दाजी ३५ जना यात्रु सवार रहेको बसका चालक झापा मेचीनगर नगरपालिका ७ बस्ने बर्ष ४७ का अमृत दर्जी र बस इलाका प्रहरी कार्यालय कञ्चनपुरले नियन्त्रणमा लिएर दुर्घटनाको बारेमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

