उत्सव आचार्य
कञ्चनरूप/इलाका प्रहरी कार्यालय कञ्चनपुरले छुट्टाछुट्टै स्थानबाट दुई वटा अटो सहित १ सय ३७ किलो गाँजा नियन्त्रणमा लिएको छ ।
सप्तरीको कञ्चनरूप नगरपालिका वडा नम्बर-२ स्थित बरमझिया र तिरहुत गाउँपालिका २ बडाहरा स्थितबाट लागूऔषध गाँजा ओसार पसारमा संलग्न दुई वटा अटो र एक जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मंगलबार करिब १० बजे राति इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट प्रहरी निरीक्षक लेख बहादुर विष्टको नेतृत्वमा खटिएको गस्ती टोलीले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर २ बरमझिया स्थितमा स.१.ह.१७१६ नम्बरको अटोलाई संका लागी चेकजाँच गर्ने क्रममा ७९.७६ किलोग्राम गाँजा फेला पारेको हो ।

                     अटोमा शंका लागी रोक्न खोज्दा चालक अटो छाडेर फरार भएका थिए । अटो नियन्त्रणमा लिएर जाँच गर्दा त्यसमा ३ बोरा, १ कालो सुटकेस र १ रातो झोलाभित्र गाँजा फेला परेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख डिएसपी माधवप्रसाद काफ्लेले बताए।
पक्राउ पछि नापतौल गर्दा जम्मा ७९.७६ केजी लागुऔषध गाँजा रहेको पुष्टि भएको बताए ।
त्यसैगरी मंगलबार राति ३ बजे भित्री सडकखण्ड अन्तर्गत तिरहुत गाउँपालिका २ बडाहरा स्थित उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको प्र १ -०२-००३- ह २९३४ नम्बरको अटोमा शंका लागि चेकजाँच गर्दा बोरा बाहेक ५८ केजी र बोरा सहित ६१ केजी प्रतिबन्धित लागूऔषध गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

     बरामद गाँजा तथा अटो चालक उदयपुर बेलका नगरपालिका ३ का ४१ बर्षिय जयराम दाहाललाई नियन्त्रणमा लिइ आवश्यक कारबाही अगाडि बढाइएको डिएसपी काफ्लेले जानकारी दिए ।
बरामद गरिएको अटो र गाँजा  इलाका प्रहरी कार्यालय कञ्चनपुरमा राखिएको छ भने फरार चालकको खोजी जारी राखिएको तथा थप अनुसन्धान भइरहेको डिएसपी काफ्लेले जानकारी दिए ।

Facebook Comments Box