सप्तकोसी /सप्तरीमा भुमि समस्या समाधान सम्वन्धी जिल्ला स्तरिय अभिमुखिकर्ण कार्यक्रम बिहिवार राजबिराज  सम्पन्न भएको छ।

राजविराज नगरपालिकाको सहयोग तथा भुमि समस्या समाधान आयोग जिल्ला समितिको आयोजनामा सप्तरी जिल्ला सवन्वय समिति हलको हलमा आयोजना गरिएको भुमि समस्या समाधान सम्वन्धी जिल्ला स्तरिय अभिमुखिकरण कार्यक्रममा सप्तरीका १८ वटा पालिकाका प्रमुख हरुको उपस्थित रहेको थियो।
अभिमुखिकरण कार्यक्रममा प्रस्तुत गरिएको प्रतिवेदन अनुसार सप्तरीको ८ पालिकाले भुमिहिन सुकुम्वासीको कुनै रेकर्ड नपठाएको आयोगका अध्यक्ष हरि प्रसाद रिजालले जानकारी दिए ।
अभिमुखिकरण कार्यक्रममा सप्तरीका १८ वटा स्थानिय तह मध्ये १० पालिकाले मात्र आयोगमा रेकर्ड पठाएकले ८ पालिकाका भुमिहिनले जग्गा प्रमाणपत्रबाट वञ्चित हुन सक्ने भएका छन् ।
पालिकामा रहेका भुमिहिनको वडा स्तरबाट विभिन्न प्रक्रिया पुर गरि पालिका र जिल्ला समितिबाट आयोगमा रेकर्ड आउनु पर्नैमा हाल सम्म सप्तरीका ८ पालिकाबाट कुनै कागजात नआएको अध्यक्ष रिजालले जानकारी दिए ।
सप्तरीमा रहेका १० पालिकाले आयोगमा बुझाएका रेकर्ड अनुसार भुमिहिन दलित, भुमिहिन सुकुम्वासी र अव्यावस्थित वसोवास ९ हजार ९ सय रहेको उनले जानकारी दिए । जिल्लामा रहेका भुमि समस्या समाधानका लागि आयोजित अभिमुखि कार्यक्रममा मधेशमा भुमिहिनले ७.६८ धुर र पहाडका ४ आना जग्गा पाउने जानकारी दिएका थिए । सो जग्गा बाहेक कृषिका लागि समेत जग्गा पाउने जानकारी दिएका थिए ।

        भुमि समस्या समाधान आयोग सप्तरी जिल्ला अध्यक्ष अखलेश कुमार झाको अध्यक्षता तथा आयोगका अध्यक्ष हरि प्रसाद रिजालको प्रमुख आथित्यमा आयोजित अभिमुखि कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भोला दाहाल, विभिन्न पालिकाका नगरप्रमुख, उपप्रमुख अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, वडा सदस्य, राजनैतिक दलका प्रतिनिधि, प्रहरी र पत्रकारहरुको उपस्थिति रहेका थियो ।

 

 

Facebook Comments Box