उत्सव आचार्य
कञ्चनरूप, २२ वैशाख । मधेस प्रदेश सरकारका प्रवक्ता एवं गृह,सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले सप्तरीको एक विद्यालयको दुई कोठे भवनको शिलान्यास गर्नु भएको छ ।
सोमबार कञ्चनरुप नगरपालिका वडा नं.५ पिप्रापूर्व स्थित रहेको आधारभूत विद्यालय पिप्राको दुई कोठे पक्की भवनको शिलान्यास गर्नु भएको हो ।
मन्त्री लेखीले भवनको शिलान्यास गर्नुहुँदै भवन निर्माणको कार्य गुणस्तर रूपमा द्रुतगतिमा गर्न निर्देशन दिनुभएको छ ।


गृहमन्त्री लेखी तत्कालीन समयमा मधेस सरकारको शिक्षा तथा संस्कृति मन्त्री हुँदा सप्तरी लगायत प्रदेश भरिको सामुदायिक विद्यालयमा भौतिक संरचना निर्माण लगायतका कामका लागि पर्याप्त बजेट विनियोजन गर्नु भएको थियो ।
त्यसकै अनुरुप पिप्रा विद्यालयमा कुल २५ लाखको लागतमा २ कोठे नयाँ भवन निर्माण हुन लागेको हो ।

    त्यसैगरी मन्त्री लेखीले सोमबार नै सिरहा जिल्ला कारागारको नयाँ भवनको शिलान्यास गर्नु भएको छ ।
सिरहा स्थित रहेको कारागारमा क्षमता भन्दा बढी कैदी बन्दी राख्नुपर्ने बाध्यता रहेकोमा कारागारमा अब नयाँ भवन बने पछि धेरै राहत हुने कारागार प्रशासनले खुशी व्यक्त गरेको छ ।


हालको कारागार भवनमा १५ महिला र १३५ पुरुष गरी कुल  १५० जना मात्र कैदी बन्दी बस्ने क्षमता भए पनि करिब चार गुणाभन्दा बढी कैदी र थुनुवा रहेका छन् ।
गृहमन्त्री लेखी आफैले मधेस प्रदेशमा रहेको कारागारहरुको स्थलगत निरीक्षण समेत गर्नु भएको थियो।

Facebook Comments Box