उत्सव आचार्य

कञ्चनरूप, २६ वैशाख । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर-०१ स्थित कोशी नदीमा एक पुरुषको शव मृत अवस्थामा फेला परेको छ ।

शुक्रबार दिउँसो कोशी ब्यारेज पुल देखी ३ सय मिटर दक्षिण साईड नदीको किनारमा नामथर वतन नखुलेको अन्दाजी वर्ष ४२ को तराई मुलको जस्तो देखिने पुरुष मानिस पानीमा घोप्टो परी मृत अवस्थामा फेला परेका हुन ।

मानिस नदीमा मृत अवस्थामा रहेको खबर ईलाका प्रहरी कार्यालय भारदहमा जानकारी प्राप्त भएपछि  प्रहरी बरिस्ठ नायब निरीक्षक गोबिन्द घिसिङ्को नेतृत्वमा गएको प्रहरीको टोलि घटना स्थलमा पुगेको थियो । ईलाका प्रहरी कार्यालय कंचनपुरबाट प्रहरी निरीक्षक सहितको टोलि खटी शवलाई पानीबाट बाहिर निकालिएको प्रहरीले जनाएको छ ।

   हालसम्म मृतकको नामथर वतन नखुलेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

मृतक पुरुषको शव पोस्टमार्टमका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको र थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

Facebook Comments Box