उत्सव आचार्य

कञ्चनरूप, २८ वैशाख । मधेस सरकारका प्रवक्ता एवं गृह,सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले बाढी पहिरोमा परी मृत्युु भएका सप्तकोशी नगरपालिका वडा नं. ७ का एक पीडित परिवारलाई भेट्नु भएको छ ।

गत असोज १२ र १३ गतेको अविरल वर्षाका कारण आएको बाढी पहिरोमा परी मृत्युु भएका सप्तकोशी नगरपालिका वडा नं.७ बस्ने भट्टु चौधरीको छोरा नन्दकिशोर चौधरीको घर पुग्नु भएको हो  ।

मन्त्री लेखीले मृतकको आमा मिना देवी चौधरीलाई भेटी समस्याहरुको बारेमा जानकारी लिनु भएको छ ।

दुई हप्ता अगाडी मात्रै मधेस सरकार मार्फत पीडित परिवारलाई एक लाख रुपैयाँ राहत समेत मन्त्री लेखीले उपलब्ध गराउनु भएको थियो ।

उक्त अवसरमा सप्तकोशीका नगरपालिकाका पूर्व मेयर उत्तम गौतम, वडा नं.२ का वडा अध्यक्ष जाहिर हुसेन, ६ का वडा अध्यक्ष नन्दिलाल चौधरी, ७ का वडा अध्यक्ष जितन चौधरी, एमाले नेता पारस दाहाल लगायत स्थानीयहरुको उपस्थित रहेको थियो ।

Facebook Comments Box