कञ्चनरूपको छुट्टाछुट्टै ठाउँमा झुन्डिएको अवस्था भेटिए २० वर्षीय युवक र १७ वर्षीया बालिका

कञ्चनरूप, ४ जेठ । सप्तरीको कञ्चनरुप नगरपालिकामा आइतबार एकैदिन १७ वर्षीया बालिका र २० बर्षिय युवकको शव झुन्डिएको अवस्थामा मृत भेटिएको छ ।
सप्तरीको कञ्चनरुप नगरपालिका–८ स्थित सिँचाइ कार्यालय कञ्चनपुर परिसरमा एक युवक झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

आइतबार दिउँसो सिचाई कार्यालयमा गार्डको रुपमा कार्यरत तिरहुत गाउँपालिका–३, गोईठि बस्ने महेन्द्र माहात्मान यादबको छोरा २० वर्षीय कमलकान्त माहात्मा यादव झुन्डिएको अवस्थामा मृत फेला परेका हुन ।
कमलकान्त कार्यालयमा कोही नभएको अवस्थामा कार्यालय प्रमुखको कार्यकक्ष कोठामा रहेको पंखा झुण्डाउने फलामको रडमा नाईलनको पासो घाटीमा लगाई झुण्डि मृत अबस्थामा फेला परेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यद्यपि घटनाको यथार्थ कारण खुल्न बाँकी रहेको र आत्महत्या वा अन्य कुनै कारणको आशंका समेत कायम रहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी कञ्चनरुप नगरपालिका–३, तत्मा टोलमा आइतबार बेलुका एक १७ वर्षीया किशोरी झुण्डिएको अवस्थामा मृत फेला परेकी छिन् ।
स्थानीय शंकर दासको छोरी बर्ष १७ की नन्दनी कुमारी दास घरमा कोही नभएको बेला झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।
इलाका प्रहरी कार्यालय कञ्चनपुरका अनुसार नन्दनी घरको माथिल्लो तलाको छानामा रहेको काठको बलोमा साडीको पासो घाटीमा लगाई झुण्डि मृत अबस्थामा फेला परेकी हुन ।
मृतकको शव पोस्टमार्टमका लागि पठाइएको छ भने यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।