कञ्चनरूप , ६ जेठ । मधेश प्रदेश सरकारका प्रवक्ता एवम् गृह,सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले सप्तरीका विभिन्न ३ पालिका का ८ वटा योजनाहरुको एकै दिन शुभारम्भ तथा शिलान्यास गर्नु भएको छ।
प्रदेश सरकारको चालू आ.व. २०८१/०८२को बार्षिक स्वीकृत कार्यक्रममा गृह मन्त्री लेखिको विशेष पहलमा समावेस भएका विभिन्न आयोजनाहरु मध्ये आज सप्तकोसी २ स्थित सत्यनारायण टोलमा आरसिसि सडक ८० लाख,सप्तकोसी १० स्थित राष्ट्रिय मा.बि. मलाह टोलमा भवन निर्माण स्तरोन्नती ३५ लाख,सप्तकोसी १० हटियामा रहेको रामजानकी मन्दिरको स्तरोन्नती कार्य २५ लाख,सप्तकोसी १० स्थित जनता मा.बि.को अधुरो भवन निर्माण ३५ लाख, कन्चनरुप ११ ठेलिया स्थित भुवन मा.बि.को स्तरोन्नती कार्य ३० लाख,कन्चनरुप ८ स्थित हटियाटोल सुरेश स्टुडियोको घर देखि छत्र बहादुर सिजापतिको घर सम्म नाला निर्माण कार्य ४० लाख,अग्नीसाईर कृष्णासवरन गाउँ पालिका वडा नम्बर ६ स्थित राष्ट्रिय मा.बि.रतवालाको अधुरो भवन निर्माण ३५ लाख र कन्चनरुप ३ स्थित शंकर मा.बि.को स्तरोन्नती कार्यको लागि ३५ लाख को आयोजना हरुको निर्माण कार्य शुभारम्भ तथा शिलान्यास कार्य सम्पन्न भएको छ।


बिकाश निर्माणमा सकृय गृह मन्त्री लेखी ले आयोजना हरुको शुभारम्भ तथा शिलान्यास गर्दै दिगो बिकाश र समृद्द नेपालको परिकल्पनालाई आत्मसाथ गर्दै उपभोक्ता समिती हरुलाई प्राविधिक मापदण्ड बमोजिम गुणस्तरीय र ठोस काम गर्न निर्देशन समेत दिनु भएको छ ।

Facebook Comments Box