कञ्चनरूप, ९ जेठ । सप्तरीमा ५ किलो लागूऔषध गाँजा सहित एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको तिरहुत गाउँपालिका वडा नं.०४ बस्ने बर्ष ३८ को मो.सजित रहेको सप्तरी प्रहरीले जनाएको छ ।

शुक्रबार दिउँसो तिलाठी कोईलाडी गाउँपालिका वडा नं. ०८ तोपा चोक स्थित हनुमाननगर राजविराज सडक खण्डम इलाका प्रहरी कार्यालय हनुमाननगर सप्तरीबाट खटिएको प्रहरी चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा सजितलाई गाँजा सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिनुभयो ।

प्रहरीले सजितको शरीर तलासी गर्दा बोकेको झोला भित्र सेतो प्लाष्टिकबाट ५ किलो लागूऔषध गाँजा बरामद गरेको हो ।

बरामद गाँजा र पक्राउ परेका सजितलाई कानून बमोजिम सम्मानित सप्तरी जिल्ला अदालत राजविराजबाट म्याद थप भई अनुसन्धान कार्य भईरहेको छ प्रहरी नायव उपरीक्षक बस्नेतले बताउनुभयो ।

Facebook Comments Box