कोशी ब्यारेजमा बेपत्ता दुइ सशस्त्र प्रहरी मध्ये एक को सब फेला


सप्तकोसी /सप्तरीको हनुमाननगर कंकालिनि नगरपालिका १ कोशी ब्यारेजमा बिहीबार बाढि विपद उद्धार अभ्यास गर्ने क्रममा डुबेर बेपत्ता भएका दुई सशस्त्र प्रहरीमध्ये एक जनाको शव भेटिएको छ ।
बिपद उद्धार अभ्यास गर्ने क्रममा डुबेर बेपत्ता भएका २ जना मध्ये सशस्त्र प्रहरी जवान हरदेव राजवंशी मृत अवस्थामा भेटिएका हुन् ।
राजवंशीको सब हनुमाननगर कंकालिनी नगरपालिकाको याेगिनियाँमा मृत अबस्थामा भेटिएको छ । राजवंशीको सब बालुवामा घाेप्टाे परेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
कोशी ब्यारेजमा बेपत्ता भएका अर्का सशस्त्र प्रहरी जवान सुरज साउद अझै फेला परेका छैनन्।
कोशी ब्यारेजमा बेपत्ता भएका साउदको खोजीका लागि विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारबाट गोताखोरको टोली आइ खोजी कार्य भैरहेको सप्तरी प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए।
Facebook Comments Box

