सप्तकोसी/सप्तरीको सप्तकोसी नगरपालिका वडा नं १  फत्तेपुरमा शनिबारदेखि दोस्रो सप्तकोसी गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ।

सप्तकोसी नगरपालिकाको सहयोगमा सप्तकोसी नगरखेलकुद बिकास समितिको आयोजना र न्यु त्रियुगा स्पोर्ट्स क्लब फत्तेपुरको सहआयोजनामा संचालित प्रतियोगिताको उद्घाटन सप्तकोसी नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद ढकालले प्रतियोगिताका निर्णायकलाइ म्याच बल हस्तान्तरण गरेर गरेका छ्न।
प्रतियोगिताको शनिबार भएको धरान स्पोर्टिङ क्लब सुनसरी र बैंगाडावर युवा क्ल्ब धनुसा बिच भएको उद्घाटन खेलमा धनुषालाइ ४-० गोलअन्तरले हराउँदै धरान स्पोर्टिङ क्लव क्वाटर फाइनल प्रवेश गरेको छ।

     उद्घाटन खेलमा खेल शुरु भएको १४ औं मिनेटमा धरानका जर्सि न ६ का सबिन राइले गोलको खाता खोलेका थिए भने २५ औं मिनेटमा धरानका जर्सि न १७ का बिनोद राइ १ गोल २८ औं मिनेटमा धरानका जर्सि न १० का कृष्ण राइले १ गोल गरेर पहिलो हाल्पमा ३-० को अग्रता दिएलाएको धरानले दोस्रो हाल्पको अन्तिम समयमा धरानका जर्सि न ६ का सबिन राइले थप १ गोल गर्दै धरानले ४-० गोल अन्तर धनुषालाइ हराउँदै क्वाटर फाइनल प्रवेश गरेको छ।खेलको म्यान अफ द म्याच धरानका जर्सि न ६ का सबिन राइ घोषित भए।
प्रतियोगिताको भोलि हुने दोस्रो खेल बसाहा क्ल्ब उदयपुर र राष्ट्रिय जागृति क्ल्ब सुनसरी बिच हुने आयोजकले जनाएको छ ।
सहिद स्मृति रंगशाला फत्तेपुरमा संचालित दोस्रो सप्तकोसी गोल्ड कप फुटबल प्रतियोगितामा धरान स्पोर्टिङ क्ल्ब सुनसरी,बैंगाडावर युवा क्ल्ब धनुषा,राष्ट्रिय जागृति क्ल्ब सुनसरी,बसाहा क्ल्ब उदयपुर , दमक फुटबल एकेडेमी झापा,गोलबजार स्पोर्ट्स क्ल्ब सिराहा ,गाइघाट युनाइटेड फुटबल क्ल्ब उदयपुर र आयोजक ११ गरि ८ वटा टिमहरुले सहभागिता जनाएको सप्तकोसी नगरखेलकुद बिकास समितिका अध्यक्ष सुरज खड्काले जानकारि दिए।

प्रतियोगिताका बिजेता उपबिजेता टिमलाइ क्रमशः २ लाख ७० हजार र १ लाख ३५ हजार नगदसहित ट्रफी मेडल प्रमाणपत्र बितरण गरिने आयोजकले जनाएको छ।

Facebook Comments Box