दोस्रो सप्तकोसी गोल्डकप फुटबल प्रतियोगितामा सुनसरीलाइ हराउँदै बसाहा क्ल्ब सेमिफाइनल प्रवेश

खगेन्द्र कार्की
सप्तकोसी/सप्तरीको सप्तकोसी नगरपालिका वडा नं १ फत्तेपुरमा जारी दोस्रो सप्तकोसी गोल्डकप फुटबल प्रतियोगिताको आइतबार भएको दोस्रो खेलमा सुनसरीलाइ हराउँदै बसाहा क्ल्ब उदयपुर सेमिफाइनल प्रवेश गरेको छ।
प्रतियोगिताको आइतबार भएको राष्ट्रिय जागृति क्लब सुनसरी र बसाहा क्ल्ब उदयपुर बिच भएको खेलमा सुनसरीलाइ २-० गोलअन्तरले हराउँदै बसाहा क्लव उदयपुर सेमिफाइनल प्रवेश गरेको छ।
प्रतियोगिताको दोस्रो खेल शुरु भएको २५ औं मिनेटमा बसाहाका जर्सि न १८ का नितेश लिम्बुले १ गोल गरि टिमलाइ १-० को अग्रता दिलाएका थिए भने दोस्रो हाल्पको १९ औं मिनेटमा बसाहाका जर्सि न १७ का सिजल राइ १ गोल गर्दै २-० गोल अन्तरले सुनसरीलाइ हराउँदै बसाहा सेमिफाइनल प्रवेश गरेको छ।
खेलको म्यान अफ द म्याच बसाहा क्ल्बका जर्सि न १७ का सिजल राइ घोषित भए।
प्रतियोगिताको भोलि हुने तेस्रो खेल आयोजक ११ र गाइघाट युनाइटेड फुटबल क्ल्ब उदयपुर बिच हुने आयोजकले जनाएको छ ।
सहिद स्मृति रंगशाला फत्तेपुरमा संचालित दोस्रो सप्तकोसी गोल्ड कप फुटबल प्रतियोगितामा धरान स्पोर्टिङ क्ल्ब सुनसरी,बैंगाडावर युवा क्ल्ब धनुषा,राष्ट्रिय जागृति क्ल्ब सुनसरी,बसाहा क्ल्ब उदयपुर , दमक फुटबल एकेडेमी झापा,गोलबजार स्पोर्ट्स क्ल्ब सिराहा ,गाइघाट युनाइटेड फुटबल क्ल्ब उदयपुर र आयोजक ११ गरि ८ वटा टिमहरुले सहभागिता जनाएको सप्तकोसी नगरखेलकुद बिकास समितिका अध्यक्ष सुरज खड्काले जानकारि दिए।
प्रतियोगिताका बिजेता उपबिजेता टिमलाइ क्रमशः २ लाख ७० हजार र १ लाख ३५ हजार नगदसहित ट्रफी मेडल प्रमाणपत्र बितरण गरिने आयोजकले जनाएको छ।