सप्तकोसी/सप्तरीको सप्तकोसी नगरपालिका वडा नं १ फत्तेपुरमा जारी दोस्रो सप्तकोसी गोल्डकप फुटबल प्रतियोगिताको सोमबार भएको तेस्रो क्वाटर फाइनल खेलमा आयोजकलाइ हराउँदै गाइघाट सेमिफाइनल प्रवेश गरेको छ।
प्रतियोगिताको सोमबार भएको आयोजक र गाइघाट युनाइटेड फुटबल क्ल्ब उदयपुर बिच भएको खेलमा आयोजकलाइ ट्राइवेकरमा ५-४ को गोलअन्तरले हराउँदै गाइघाट उदयपुर सेमिफाइनल प्रवेश गरेको छ।                                                         प्रतियोगिताको निर्धारित समयमा दुबै टिममा कुनै पनि गोल हुन नसकेपछि खेलको निर्णय ट्राइवेकरबाट गरिएको थियो। ट्राइवेकरमा आयोजकलाइ ५-४ को गोलान्तरले हराउँदै गाइघाट सेमिफाइनल प्रवेश गरेको छ।
प्रतियोगिताको भोलि हुने अन्तिम क्वाटर फाइनल खेल दमक फुटबल एकेडेमी झापा र गोलबजार स्पोर्ट्स क्ल्ब सिराहा बिच हुने आयोजकले जनाएको छ ।
सहिद स्मृति रंगशाला फत्तेपुरमा संचालित दोस्रो सप्तकोसी गोल्ड कप फुटबल प्रतियोगितामा धरान स्पोर्टिङ क्ल्ब सुनसरी,बैंगाडावर युवा क्ल्ब धनुषा,राष्ट्रिय जागृति क्ल्ब सुनसरी,बसाहा क्ल्ब उदयपुर , दमक फुटबल एकेडेमी झापा,गोलबजार स्पोर्ट्स क्ल्ब सिराहा ,गाइघाट युनाइटेड फुटबल क्ल्ब उदयपुर र आयोजक ११ गरि ८ वटा टिमहरुले सहभागिता जनाएको सप्तकोसी नगरखेलकुद बिकास समितिका अध्यक्ष सुरज खड्काले जानकारि दिए।
प्रतियोगिताका बिजेता उपबिजेता टिमलाइ क्रमशः २ लाख ७० हजार र १ लाख ३५ हजार नगदसहित ट्रफी मेडल प्रमाणपत्र बितरण गरिने आयोजकले जनाएको छ।

 

Facebook Comments Box