फत्तेपुरमा जारी सप्तकोसी गोल्डकपमा सिराहालाइ हराउँदै झापा सेमिफाइनल प्रवेश

सप्तकोसी/सप्तरीको सप्तकोसी नगरपालिका वडा नं १ फत्तेपुरमा जारी दोस्रो सप्तकोसी गोल्डकप फुटबल प्रतियोगिताको मङगलबार भएको अन्तिम क्वाटर फाइनल खेलमा गोलबजार सिराहालाइ हराउँदै झापा सेमिफाइनल प्रवेश गरेको छ।
प्रतियोगिताको मङगलबार भएको गोलबजार सिराहा र दमक फुटबल एकेडेमी झापा बिच भएको खेलमा सिराहालाइ २-१ को गोलअन्तरले हराउँदै झापा सेमिफाइनल प्रवेश गरेको छ।
खेलको पहिलो हाल्पमा गोलबजारका जर्सि न ६ का निर्मल घिसिङले हात्मघाति गोल गरेर १-० सुन्यले पछाडि परेको गोलबजारले फेरि तिनै जर्सि न ६ का निर्मल घिसिङले १ गोल गर्दै टिमलाइ १-१ गोलको बराबरीमा ल्याएका थिए।
खेलको निर्धारित समयमा थप गरिएको ४ मिनेटको अतिरिक्त समयमा झापाको तर्फबाट टिम क्याप्टेन जर्सि न ६ का गौरव धिमालले १ गोल गर्दै सिराहालाइ २-१ गोलान्तरले पराजित गर्दै झापा सेमिफाइनल प्रवेश गरेको छ।
प्रतियोगिताको भोलि हुने पहिलो सेमिफाइनल खेल धरान स्पोर्टिङ क्ल्ब सुनसरी र गाइघाट युनाइटेड क्ल्ब उदयपुर बिच हुने आयोजकले जनाएको छ ।
सहिद स्मृति रंगशाला फत्तेपुरमा संचालित दोस्रो सप्तकोसी गोल्ड कप फुटबल प्रतियोगितामा धरान स्पोर्टिङ क्ल्ब सुनसरी,बैंगाडावर युवा क्ल्ब धनुषा,राष्ट्रिय जागृति क्ल्ब सुनसरी,बसाहा क्ल्ब उदयपुर , दमक फुटबल एकेडेमी झापा,गोलबजार स्पोर्ट्स क्ल्ब सिराहा ,गाइघाट युनाइटेड फुटबल क्ल्ब उदयपुर र आयोजक ११ गरि ८ वटा टिमहरुले सहभागिता जनाएको सप्तकोसी नगरखेलकुद बिकास समितिका अध्यक्ष सुरज खड्काले जानकारि दिए।
प्रतियोगिताका बिजेता उपबिजेता टिमलाइ क्रमशः २ लाख ७० हजार र १ लाख ३५ हजार नगदसहित ट्रफी मेडल प्रमाणपत्र बितरण गरिने आयोजकले जनाएको छ।
