सप्तकोसी/सप्तरीको सप्तकोसी नगरपालिका वडा नं १ फत्तेपुरमा जारी दोस्रो सप्तकोसी गोल्डकप फुटबल प्रतियोगिताको बुधबार भएको पहिलो सेमिफाइनल खेलमा धरान स्पोर्टिङ क्ल्ब सुनसरीलाइ ट्राइवेकरमा हराउँदै गाइघाट युनाइटेड फाइनल प्रवेश गरेको छ।
प्रतियोगिताको बुधबार भएको गाइघाट युनाइटेड क्ल्ब उदयपुर र धरान स्पोर्टिङ क्ल्ब सुनसरी बिच भएको खेलमा निर्धारित समयमा दुबै टिमबाट १-१ गोलको बराबरी भएपछि खेलको निर्णय ट्राइवेकर बाट गरिएको थियो ट्राइवेकरमा धरानलाइ ४-३ को गोलअन्तरले हराउँदै गाइघाट फाइनल प्रवेश गरेको छ।आजको खेलको म्यान अफ द म्याच गाइघाटका गोलकिपर अनिल मगर घोषित भए।
प्रतियोगिताको भोलि हुने अन्तिम सेमिफाइनल खेल दमक फुटबल एकेडेमी झापा र बसाह क्ल्ब उदयपुर बिच हुने आयोजकले जनाएको छ ।
सहिद स्मृति रंगशाला फत्तेपुरमा संचालित दोस्रो सप्तकोसी गोल्ड कप फुटबल प्रतियोगितामा धरान स्पोर्टिङ क्ल्ब सुनसरी,बैंगाडावर युवा क्ल्ब धनुषा,राष्ट्रिय जागृति क्ल्ब सुनसरी,बसाहा क्ल्ब उदयपुर , दमक फुटबल एकेडेमी झापा,गोलबजार स्पोर्ट्स क्ल्ब सिराहा ,गाइघाट युनाइटेड फुटबल क्ल्ब उदयपुर र आयोजक ११ गरि ८ वटा टिमहरुले सहभागिता जनाएको सप्तकोसी नगरखेलकुद बिकास समितिका अध्यक्ष सुरज खड्काले जानकारि दिए।
प्रतियोगिताका बिजेता उपबिजेता टिमलाइ क्रमशः २ लाख ७० हजार र १ लाख ३५ हजार नगदसहित ट्रफी मेडल प्रमाणपत्र बितरण गरिने आयोजकले जनाएको छ।

Facebook Comments Box