खगेन्द्र कार्की                                                       सप्तकोसी/सप्तरीको सप्तकोसी नगरपालिका वडा नं १ फत्तेपुरमा रहेको सहिद स्मृति रंगशालामा जारी दोस्रो सप्तकोसी गोल्डकप फुटबल प्रतियोगिताको बिहिवार सम्पन्न अन्तिम सेमिफाइनल खेलमा बसाहा क्ल्ब उदयपुरलाइ हराउँदै दमक फुटबल एकेडेमी झापा फाइनलमा प्रवेश गरेको छ।
प्रतियोगिताको बिहीबार भएको बसाहा क्ल्ब उदयपुर र दमक फुटबल एकेडेमी झापा बिच भएको खेलमा बसाहलाइ २-१ को गोलअन्तरले पराजित गर्दै झापा फाइनल प्रवेश गरेको छ।
आजको खेलको म्यान अफ द म्याच झापाका जर्सि न ४ का रोशन धिमाल घोषित भए।
प्रतियोगिताको फाइनल खेल जेष्ठ ३१ गते आजको बिजेता दमक फुटबल एकेडेमी झापा र गाइघाट युनाइटेड क्ल्ब उदयपुर बिच हुने आयोजकले जनाएको छ ।
जेष्ठ २४ गते देखि संचालित दोस्रो सप्तकोसी गोल्ड कप फुटबल प्रतियोगितामा धरान स्पोर्टिङ क्ल्ब सुनसरी,बैंगाडावर युवा क्ल्ब धनुषा,राष्ट्रिय जागृति क्ल्ब सुनसरी,बसाहा क्ल्ब उदयपुर , दमक फुटबल एकेडेमी झापा,गोलबजार स्पोर्ट्स क्ल्ब सिराहा ,गाइघाट युनाइटेड फुटबल क्ल्ब उदयपुर र आयोजक ११ गरि ८ वटा टिमहरुले सहभागिता जनाएको सप्तकोसी नगरखेलकुद बिकास समितिका अध्यक्ष सुरज खड्काले जानकारि दिए।
प्रतियोगिताका बिजेता उपबिजेता टिमलाइ क्रमशः २ लाख ७० हजार र १ लाख ३५ हजार नगदसहित ट्रफी मेडल प्रमाणपत्र बितरण गरिने आयोजकले जनाएको छ।

Facebook Comments Box