खगेन्द्र कार्की                                                         सप्तकोसी / सप्तरीको सप्तकोसी नगरपालिका वडा न २ को वडा सभा आ ब ०८१/०८२ को बार्षिक प्रगति समिक्षा सार्बजनिक गर्दै मङलबार सम्पन्न भएको छ ।
सप्तकोसी नगरपालिका वडा न २ का वडा अध्यक्ष जाहिर हुसेनको अध्यक्षतामा भएको वडा सभाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा मधेश प्रदेशका गृह संचार तथा कानुन मन्त्री राजकुमार लेखीले गरेका छ्न।
वडा सभालाई सम्बोधन गर्दै मन्त्री लेखीले स्थानीय सरकारले शिक्षालाइ विशेष प्राथमिकतामा राखेर निति तथा कार्यक्रम बनाउनु पर्नेमा जोड दिए ।
मन्त्री लेखीले काम गर्न सकिने मात्र योजनाको निति तथा कार्यक्रम तय गर्न सुझाब दिदै स्थानीय सरकारले शिक्षा क्षेत्रलाई मुख्य प्राथमिकतामा राख्न सुझाव दिए।
मधेस प्रदेश सरकारमा आफु गए पछि आफ्नो निर्वाचन क्षेत्रमा विभिन्न बिकासका योजना ल्याएकोले योजनाको सहि र पारदर्शी तरिकाले सदुपयोग गर्न सम्बन्धित सबैलाई आग्रह गर्दै यो आर्थिक बर्षमा सप्तकोसीका १ देखि ११ वटै वडामा विभिन्न बिकासका योजनाहरु राखिएको बताए

सप्तकोसी नगरपालिका वडा न २ ले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आर्थिक वर्ष २०८१/०८२ को लागि विभिन्न प्राथमिकताका आधारमा नगर बाट बिनियोजित २७ लाख ८७ हजारको बार्षिक प्रगति विवरण र मधेस प्रदेशका गृह संचार तथा कानुन मन्त्री राजकुमार लेखिको पहलमा प्रदेश सरकार बाट प्राप्त ३ करोड ७५ लाख बराबरको योजनाहरुको विवरण सार्वजनिक गर्दै वडा सभाको उद्घाटन सत्र सम्पन्न गरेको छ ।

वडा सभाबाट आगामी आर्थिक वर्षका २०८२/०८३ लागि वडामा रहेका विभिन्न टोल भेला बाट प्राप्त योजना हरुको सार्बजनिक गर्दै सबै टोलबाट प्राप्त योजनाहरुलाइ प्राथमिकता आधारमा नगरसरकार ,प्रदेश सरकार र सघिय सरकार समक्ष पेस गरि कार्यनयनमा ल्याउने वडा अध्यक्ष जाहिर हुसेनले बताए।
वडामा स्वास्थ्य शिक्षा, प्रमुख प्राथमिकता राखेर योजना बनाइने,सुशासन तथा संस्थागत बिकास सम्बन्धि निति बनाएर अगाडी बढ्ने,युवा तथा खेलकुद सम्बन्धि कार्यलाइ प्राथमिकतामा राखेर खेलकुदको बिकास गर्ने, वडामा सूचनको पहूंँच , बालमैत्रिका बालश्रम, बालविवाह मुक्त घोषणा अभियान संचालन , शैक्षिक सुधार लगायतका कार्यक्रम लागू गर्ने नीति तथा कार्यक्रमलाइ प्राथमिकता मा राख्दै वडा बाट संचालन गरिएको ८,९ र १० कक्षामा अध्यनरत गरीब, आदिवासी तथा जनजाति लगायतका विद्यार्थीहरुलाइ निशुल्क रेमेडियल कक्षा संचालन लाइ निरन्तरता अगाडि बढाइने वडा अध्यक्ष हुसेनले बताए ।                               सप्तकोसी नगरपालिका वडा न २ को वडा सभामा सप्तकोसी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद ढकाल, निबर्तमान नगर प्रमुख उत्तमकुमार शर्मा, वडा न १ का वडा अध्यक्ष रोहिणि प्रसाद पोखरेल , नेकपा एमाले सप्तकोसी नगर कमिटी अध्यक्ष पारस दहाल ,रास्वपाका सप्तकोसी नगर अध्यक्ष मानप्रसाद लुइँटेल ,सास्कृतिक संरक्षणका अभियान्ता गयानन्द चौधरी,नेकपा एमाले मधेस प्रदेश कमिटी सदस्य सरिता चौधरी लगायतले वडा सभा सफलताको शुभकामनाका साथै राय सुझाव दिएकाछन ।          वडा सभामा बोल्ने अधिकान्स बक्ताहरुले २ नम्बर वडाको वडा सभा नगरपालिका भरिकै नमूना र पारदर्शी तरिकाले सम्पुर्ण वडाका जनतालाइ राखेर गरिएकोले सप्तकोसी नगरपालिकाकाको नगरसभा र अन्य वडाको वडा सभा यसै गरि जनताको बिचमा गर्नु पर्ने सुझाव दिएका छ्न।

        सप्तकोसी नगरपालिका  वडा न २ को वडा सभा मा सबै टोल भेलाबाट आएका योजनाहरुलाइ सार्बजनिक गर्दै टोल भेलाबाट आउन छुटेका योजना र राय सुझावलाइ वडा सभामै जनता बाट माग गरि आएका सुझाव र योजनालाइ अब आउने आ. ब. को योजनामा समेटिने वडा न २ का वडा सदस्य नवराज अधिकारीले बताए।

 

 

 

 

Facebook Comments Box